कोरिया सरकारले गत मंगलवार देखि लागु हुनेगरी मादकपदार्थ सेवन गरि सवारी हाक्ने नियममा थप कडाइ गरेको छ l यसरी कडाइ गरेको पहिलो दीनमै मादकपदार्थ सेवन गरि सवारी हाक्ने १ सय ५३ जना चालक पक्राउ परेको राष्ट्रिय प्रहरी आयोगलाई उद्दृत गर्दै योंघापले लेखेको छ l
यसरि पक्राउ परेका मध्ये ५७ जनाको सबारी अनुमतिपत्र जफत गरिएको छ भने ९३ जनाको अनुमति पत्र रद्द गरिएको बताइएको छ l त्यस्तै ३ जनाले भने अल्कोहलको मात्रा जांच गर्न दिएका छैनन् l
गत मंगलवार देखि थप कडाइ गरिएको नियामानुसार सवारी हाक्दा यदि रगतमा ०.०३ देखि ०.०८ प्रतिशत सम्म अल्कोहलको मात्रा देखियो भने सवारी अनुमति पत्र रद्द हुने छ l यसभन्दा पहिला ०.१ प्रतिशत देखा परेमा अनुमतिपत्र रद्द हुने नियम थियो l
त्यसैगरी जरिवानामा समेत बृद्दी भएको छ, यस भन्दा पहिला मादकपदार्थ सेवन गरि सवारी हाँकेमा १० मिलियन वोन तथा ३ बर्ष जेल सजाय रहेकोमा हालको नियमानुसार ५ बर्ष जेल सजाय तथा २० मिलियन वोन सम्म जरिवाना हुन सक्ने छ l
कोरियामा मादकपदार्थ सेवन गरि सबारी हाक्ने नियममा कडाइ ,एकै दिनमा १५३ जना पक्राउ , ९३ जनाको अनुमति पत्र रद्द
प्रतिक्रियाहरू