छुसकको पहिलो दिन धनकुटा सेवा समाजले भब्य कार्यक्रम गर्दै, ज्योती मगर, अन्जु पन्त लगायत कलाकार कोरिया आउदै

3201

धनकुटा सेवा समाजले आगामी छुसकको पहिलो दिन सेप्टेम्वर १२ तारिक भब्य सांस्कृति कार्यक्रमको आयोजना गर्ने भएको छ । सेल्टर र धनकुटा जिल्लामा स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्यले धनकुटा सेवा समाजले कोरियामा पहिलो पटक सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यक्रममा ज्योती थापा मगर, अन्जु पन्त, पुस्पन प्रधान, निमा रुम्वा लगायत अन्य कलाकार कोरिया आउने भएका छन् । कार्यक्रम हुने स्थान दोगंदेमुन बाट नजिकै रहेको जुग्नो ओ गाको फेक छु न्यन खिन्यमग्वान हलमा कार्यक्रमको भब्य तयारी गरिएको छ । अव छिटै पोष्टर, भिडियो प्रोमो तयार गरि प्रचार प्रसारलाई ब्यापक गराइने आयोजक संस्था धनकुटा सेवा समाजले जनाएको छ ।

कार्यक्रमलाई भब्य बनाउन र सहयोग गरिदिन कोरियामा रहेका सम्पुर्ण संघ संस्था र नेपालीहरुलाई आयोजकले हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रियाहरू