संसारकै सबैभन्दा तीव्र गतिको इन्टरनेट चल्ने दक्षिण कोरियामा डेड लाख भन्दा धेरै युवा यसैको कारण मानसिक समस्यामा पर्ने गरेको एक रिपोर्टले देखाएको छ l त्यहाँ लगभग प्रत्येक व्यक्तिको साथमा स्मार्टफोन रहेको छ र ति सबै स इन्टरनेटसँग जोडिएका छन् ।
पछिल्लो समय यहा इन्टरनेटको लत ठूलो समस्याको रुपमा देखा परेको छ । यसको लतका कारण युवा मानसिक र शारीरिक रुपमा अस्वस्थ बन्न थालेका छन् । इन्टरनेटको लत छुटाउन प्रायजसो ठाँउमा पुनःस्थापना केन्द्रहरु खोल्न खुल्न थालिसकेका छन् ।
रिपोर्टका अनुसार युवाहरुलाई इन्टरनेटको लत छुटाउन विद्यालयमा समेत विशेष कार्यक्रमहरु शुरु गरिएको छ ।
पछिल्लो वर्षको आधिकारिक तथ्याङ्कका अनुसार १ लाख ४० हजार युवा इन्टरनेटको लतको चपेटामा छन् । केही रिपोर्टका अनुसार यो संख्या अझ बढी पनि हुन सक्ने बताइएको छ । राष्ट्रिय स्वास्थ्य विभागले यदि कुनै कुरामा व्यक्तिले नियन्त्रण गर्न सक्दैन भने त्यसलाई लत मानिने उल्लेख गरेको छ ।
इन्टरनेटको लतका कारण युवा मानसिक र शारीरिक र मानसिक रुपमा अस्वस्थ बन्न थालेका छन् । उनीहरु स–सानो कुरामा रिसाउने र उत्तेजित हुने गरेका छन् ।
यसरी व्यक्तिको व्यवहारमा पनि बदलाव देखिने गरेको छ । इन्टरनेटको लतका कारण उनीहरु सुत्ने र खानेजस्ता जरुरी कार्य पनि टार्न थालेका छन् ।
अहिले थुप्रै संख्यामा युवाहरु इन्टरनेटको लत छुटाउन क्याम्पहरुमा जाने गरेका छन् । क्याम्पमा युवाहरुलाई अनलाइनको दुनियाँबाट कसरी दुरी बनाउने भनेर सिकाइन्छ । मुजु शहरमा रहेको क्याम्पमा मात्र सन् २०१४ देखि १२ सय युवा क्याम्पमा लत छुटाउन आइसकेका छन् ।
इन्टरनेटको लत लागेका १७ वर्षीय हावो भन्छन्, ‘मलाई युट्युव हेर्ने नराम्रो लत लागेको थियो । म दैनिक १८ घण्टासम्म युट्युवमा बिताउँथे ।’ यसले उनी स–सानो कुराले उत्तेजित हुने र तनावमा रहन थालेका थिए । उनको पढाइ पनि प्रभावित हुन थालेको थियो । त्यसपछि उनले क्याम्पमा भर्ना हुने निधो गरेका थिए ।
एजेन्सी