टिकापुर घटनामा मुख्य दोषी ठहर्याइएका रेशम चौधरी जेलमुक्त हुनुपर्ने माग गर्दै नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले २० हजार हस्ताक्षर संकलन गर्ने भएको छ l गत आइतबार राजधानी सियोलमा पत्रकार सम्मेलन गर्दै महासंघ कोरियाका अध्यक्ष युगेल तेन्डुप सेर्पाले सो कुराको जानकारी दिएका हुन् l
उनले टिकापुर घटना बिशुद्व राजनीति मुद्वा भएको कारण दोषी भनिएका सांसद चौधरीलाई अभिलम्ब रिहाइको माग गरे l “हिजोका दीनमा राजनीति मुद्वा खेपिरहेका केहि ब्याक्तिहरुले सरकार चलाउछछन “तर उस्तै प्रकृतिको राजनीति घटनालाई अतिरन्जित गर्दै चौधरीलाई जेल चलान गरिनु कानुनि राज्यको उपहास भएको भन्दै स-सम्मान रिहाइ नगरिए महासंघ कडा भन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए l
सेर्पाले हाल महासंघ जनभावना अनुरुप निष्पक्ष र न्यायिक सर्बोच्चता कायम गरिनु पर्ने l समावेसी र समतामुलक समाज निर्माणको लागि मार्ग प्रसस्त गर्नु पर्ने l शोषित उत्पिडित नेपालि जनताको भावनालाई सम्बोधन गर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएको बताए l
आगामी अगष्टको पहिलो सातासम्म संकलित हस्ताक्षरलाइ एक एकपर्ति कोरियास्थित नेपालि दुतावास मार्फत नेपाल सरकारलाई बुझाउने तथा एकपर्ति महासंघ केन्द्रमा बुझाउने तयारि रहेको समेत जानकारी दिए l
२०७२ भदौ ७ मा कैलालीको टीकापुर नगरपालिकामा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच दिउँसो झडप हुँदा प्रहरी बरिष्ठ उपरिक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ नाबालक सहित ८ जनाको मृत्यु भएको थियो । आठजनाको ज्यान जानेगरी भएको उक्त घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाइ हाल जेल चलान गरिएको छ l
रेशम चौधरीलाई जेल मुक्त गराउन नेपाल आदिवासी जनजाति महासंघ कोरियाले बीस हजार हस्ताक्षर संकलन गर्ने
प्रतिक्रियाहरू