प्रखर बक्ता रमेश प्रसाई कोरिया आउने

2495

पछिल्लो समय  निकै चर्चा पाएका स्पस्ट बक्ता रमेश प्रसाई कोरिया आउने भएका छन् l नेपालिका लागि नेपालि संस्थाले कोरियामा राहतकोष स्थापनार्थ  सेक्टेम्बर १३ तारिख अर्थात छुसकको दोस्रो दीन आयोजना गर्न लागेको “सांगीतिक महाधमाका -२०१९”  को लागि  बिसेष कलाकारको रुपामा प्रसाई कोरिया आउने भएका हुन् l

नेपालको धरान घर भएका प्रसाई एपी वन  एचडी टेलिभिजनले आयोजना गरेको पब्लिक स्पिकर प्रतियोगिताका बिजेता समेत हुन् l शारीरिक रुपमा असक्त भएतापनि उनीमा हरेक कुरालाई शुष्म रुपमा बिश्लेष्ण गर्न सक्ने अथाह क्षमता छ l यहि क्षमताको कारण उनि हाल निकै चर्चामा छन l हरेक नेपालीले रुचाएका चर्चित ब्याक्तित्वलाई कोरियामा ल्याउन पाउदा निकै खुसि लागेको राहातकोष संकलन अभियानका अभियान्ताहरुले बताए l

उक्त कार्यक्रममा कोरियामा बिभिन्न कारणले  मानसिक तनाबमा परेका नेपालीहरुलाई सकारात्मक सोच तिर बदल्न प्रसाइले  बिसेष प्रेरणाका  दिने  समेत बताइएको छ  l

उनि संगै नेपालका बिसेष ख्यातिप्राप्त बिभिन्न विधाका कलाकारहरु कोरिया ल्याउने तयारि भएको आयोजकले बताएको छ l सम्पूर्ण कलाकारको अन्तिम पोस्टर आगामी सोमबार भित्र बाहिर ल्याउने  तयारि भएको संस्थाले जनाएको छ l

प्रतिक्रियाहरू