अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्धारा मृगौला पिडितका लागि संकलन गरिएको रकम हस्तान्तरण

641

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्धारा मृगौला पिडितका लागि संकलन गरिएको रकम शनिवार हस्तान्तरण गरिएको छ । दुवै मृगौला ड्यामेज भई उपचार गराईरहेकी अर्घाखाँची छत्रदेव गाउँपालीका-४, साविकको केरुङ्गा—८ निवासी रामकुमारी भुसालकालागि मंचले आर्थिक सहयोग अभियान सञ्चालन गरेको थियो ।

पिडितको उपचारकालागि मञ्चको अभियानबाट संकलित ३३ हजार रुपैयाँ संस्थाका उपाध्यक्ष राज खनाल मार्फत पिडितको हातमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष सुन्दर पन्थीले जानकारी दिए । अभियानमा जिल्ला भित्र र बाहिरबाट सहभागी २८ जनाबाट ३ लाख ४४ हजार कोरियन वन संकलन भएको अभियानका संयोजक शिव भुसालले बताए ।

प्रतिक्रियाहरू