कोरियाको खाङ्वन्दो क्षेत्रको गागोक -म्येओनमा १६ जना कामदार चढेको ह्युन्डाइ भ्यान दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ l सोमबार बिहान ७ बजेर ३३ मिनेट जादा भएको उक्त दुर्घटनामा परि १२ जना कामदार घाइते भएको खाङ्वन आपतकालीन उद्वार केन्द्रलाई उदृत गर्दै कोरिया हेराल्डले जनाएको छ l
तिब्र गतिको भ्यान अनियन्त्रित भै दुर्घटना भएको बताइएको छ l घाइते मध्ये ३ जनाको अबस्था गम्भीर रहेको छ l मृत्यु हुनेमा ६२ बर्षीय भ्यान ड्राइभर समेत छन् l उक्त भ्यानमा ७ जना बिदेशी नागरिक समेत रहेको जनाइएको छ l तर उनीहरु कुन देशका नागरिक भन्ने वारे खुलाइएको छैन l
उनीहरु एउटा कृषि फारममा काम गर्न सोमबार सबेरै खाङ्वन क्षेत्रको होंगसेवन देखि सम्छेक जादै गरेका थिए l दुर्घटनामा घाइतेहरुको हाल स्थानीय ३ वटा अस्पतालमा उपचार भैरहेको बताइएको छ l
प्रतिक्रियाहरू