वुमन फर वुमन दक्षिण कोरियाको पाँचौँ अधिवेशन भब्यताका साथ सम्पन्न, अध्यक्षमा रितु श्रेष्ठ सर्व सहमतिमा चयन

1306

वुमन फर वुमन दक्षिण कोरियाको पाँचौँ अधिवेशन हिजो भब्यताका साथ सम्पन्न भएको छ। अध्यक्ष पद्मा श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजदूतावासका कार्यवाहक राजदूत किरण शाक्यको प्रमुख आतिथ्यता रहेको थियो भने NRNA अध्यक्ष लक्ष्मी लामा, एशिया प्यासिफिक महिला संयोजक जुनु गुरुङ, पत्रकार महासंघ कोरिया शाखा अध्यक्ष रञ्जन राज कुँवर लगायत कोरियामा रहेका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको बिशेष आतिथ्यता रहेको थियो।

नव-निर्वाचित कार्यसमितिको नामावली यस प्रकार रहेको छ।

अध्यक्ष- रितु श्रेष्ठ

वरिष्ठ उपाध्यक्ष- रुपा गुरुङ

उपाध्यक्ष- कुसला क्षेत्री, मातृ शोभा राई

सचिव- सुष्मा थापा

सह-सचिव- मञ्जु गुरुङ

कोषाध्यक्ष- पार्वती लामा

सह-कोषाध्यक्ष- उर्मिला श्रेष्ठ

सदस्यहरु- विमला राई, डोल्मा हेल्मो

हाल १० जनाको नयाँ कार्य-समिति रहेको र केही समय पछि सदस्यहरु थपिने वरिष्ठ उपाध्यक्ष रुपा गुरुङले हेल्लो नेपाललाई जानकारी दिनुभयो। मन्तव्यको क्रममा वक्ताहरुले बोल्दै महिला सशक्तिकरणको लागि हरेक संघ-संस्थामा उल्लेख्यीय रुपमा महिला सहभागीता हुनुपर्ने र उनीहरुको आवाजलाई पनि सुनिनुपर्ने कुरामा जोड दिएका थिए।

दक्षिण कोरियामा सन् २०१० मा विशेष गरी कोरियामा विभिन्न कामको शिलशिलामा रहनुभएका महिलाहरुको हकहितको लागि सहयोग पुग्ने हेतुले खोलिएको यस संस्थाले निकै नै उदाहरणीय कार्यहरु गर्दै आइरहेको छ।

 

 

 

प्रतिक्रियाहरू