कोरियामा मौसमी मजदुर प्रणाली भनेको के हो ? अहिले सम्म कति प्रवेश गरे त ?

2816

 

२०१५ देखि र २०१६ सम्म परिक्षणको रुपमा लागु गरिएको थियो । २०१७ देखि पूर्णरुपमा लागु गरेको हो । यो प्रणालीबाट प्रवासी श्रमिक आउन कोरियाको नगरपालीका (지자체) र बिदेशी राष्ट्रको नगरपालीका बिच श्रमिक लिने र पठाउने बिषयमा सम्झौता गरेको हुनु पर्नेछ । सम्झौता भएको नगरपालिकाको मानिसहरु मात्र आउने पाउने छन ।

तर कोरियामा बिबाह गरेर आएको बिदेशी नागरिकको (जुन जुन देशबाट मौसमी मजदुर आउछन त्यो देशको)नातेदारहरु आफ्नो देशको जुनसुकै क्षेत्रको पनि आउनपाउने छन । यो प्रणालीबाट कृषि र मत्स्यपालन क्षेत्रमा काम धेरै हुने मौसममा मजदुर ३ महिनाको भिषा (C4 visa) मा ल्याइन्छ । यो ३ महिनाको अवधिलाई ५ महिना बनाउने तयारी कानुन मन्त्रालयले गरिरहेको छ । उमेर ३० बर्ष देखि ५५ बर्षको भित्र हुनु पर्नेछ ।

तर कोरियन नागरिकसग बिबाह गरेर आएको बिदेशी नागरिकको नातेदार र गैरआवासीय कोरियनको परिवार चाही १९ बर्ष उमेर भए पछी आउन चाहेमा आउन पाउनेछन । यो प्रणाली अन्तर्गत प्रवासी मजदुर ल्याई काम लगाउन मजदुर आवाश्यक भएको कृषि कम्पनीले (दर्ता भएको) स्थानीय नगरपालिका कार्यालयमा मजदुरको माग गर्दै निबेदन दिनु पर्नेछ ।

मजदुर मागको निबेदन बर्षमा २ पटक दिन पाउने छन । [अहिलो पटक फेब्रुअरी र मार्चमा दोश्रो पटक जुन र जुलाई महिनामा खुल्नेछ । नगर कार्यालयले कृषकको माग बमोजिमको मजदुर ल्याउनकोलागि कानुन मन्त्रालयमा निबेदन गर्नेछ । कानुन मन्त्रालयले गठन गरेको कानुन मन्त्रालय, प्रशासन तथा सुरक्षा मन्त्रालय, कृषि, खाध्य तथा पशुपालन मन्त्रालय, समुन्द्री तथा मत्स्यपालन मन्त्रालय र रोजगार तथा श्रम मन्त्रालयको प्रतिनिधि समाबेस भएको कोटा निर्धारण समितिले कोटा तोकी बिभाजन गर्नेछ ।

तर मजदुर पठाउने देशमा मजदुर छनौट प्रकृया कस्तो हुनु पर्छ भन्ने कुरा तोकिएको छैन । एक कृषि कम्पनीले बढीमा ५ जना मजदुर राख्न पाउनेछन । यो मौसमी मजदुर प्रणालीबाट २०१४ मा सबै भन्दा पहिले छुन्छंगदोको ख्योयसान गुनमा मजदुरहरु आएको थियो । अहिलेसम्म ३३५ जान मजदुरहरु आएर फर्की सकेको छन । २०१५ देखि २०१८ सम्ममा ४ हजर १सय २७ जना मजदुर आइसकेको छन । चिन, कम्बोडिय, फिलिपिन, नेपाल, थाइल्याण्डबाट मौसमी मजदुर आउने छन् ।

२०१५ देखि २०१८ सम्ममा कति मौसमी मजदुरहरु कति नगरमा आए र कति नफर्की बिना भिषा कोरियामा बस्यो तालिका हेरौ .

बिभाजन

बर्ष

निबेदनदिएको प्रवेश गरेको मजदुर संख्या नफर्की भाग्नेको संख्या
नगर काउन्टी मागको   शंख्या नगर ,काउन्टी संख्या नगर काउन्टी संख्या बिनाभिषा बस्नेको प्रतिसत
२०१५ १९ १९
२०१६ २८१ २०० २ %
२०१७ २३ १,५४७ २१ १,०८६ १८ १.७ %
२०१८ ४४ ३,६६५ ४२ २,८२२ १८ ९३ ३.३ %
जम्मा ७६ ५,४८२ ७० ४,१५७ २५ ११५ २.८ %

श्रोत कानुन मन्त्रालय प्रेश बिज्ञप्ति २०१९ !

यो मौषमी मजदुरले कानुनले तोकेको कुनै पनि सेवा सुबिधा, मजदुर अधिकार, बिदा, बिमा, थेजिकगुम, तोकिएको समयमा तलब दिइएको छैन । छोटो अवधिमा जतिसक्दो धेरै काम गराएर पठाउने हो  ।

औधोगिक दुर्घटना भएमा कसले उपचार खर्च व्यहोर्ने ?  अवधि पुरा गरे पनि नाफर्कला भन्ने आशंकामा राहदानी साहुले राख्ने सम्भावना छ । त्यो कानुन बिपरित हुन्छ । कामको गति तिब्र हुनसक्छ ।

मजदुर छनौट प्रकृया नतोकिएकोले निस्पक्ष नहुने र पैसा धेरै तिर्नु पर्ने हुनसक्छ, बोलकबोल गर्नु पर्ने हुन्छ । भाग्ने संकामा धरौटी लिन सक्ने हुन्छ । मजदुरलाई मानसिक तनाब हुने सम्भावना बढी छ । यस्तो बिभिन्न समस्य सिर्जना हुन् सक्ने र मजदुर कानुन लागु नहुने भएकोले मजदुर युनियनले यो प्रणाली लागु हुनु भन्दा अगाडी देखि नै यसको बिरोध गर्दै आइरहेकोछ ।

 

प्रतिक्रियाहरू