दक्षिण कोरियाको सुवन अदालतद्धारा चर्चका संस्थापकलाई ६ वर्षको जेल सजाय, अनुयायि माथि दुव्र्यवहार र यातना दिएको अभियोग

3306

दक्षिण कोरियाको सुवन अदालतले ग्रेस रोड चर्चको संस्थापक शिन ओक जुलाई ६ वर्षको जेल सजाय सुनाएको छ । कोरियन अनुयायीलाई फिजीमा पु¥याएर शारिरिक र मानसिक यातना दिएको अभियोगमा दोषि ठहर गर्दै अदालतले उक्त सजाय सुनाएको हो । सन् २ हजार १४मा ४ सय अनुयायीलाई पाप पखाल्ने नाममा उनीहरु माथि कुटपिट र पासपोर्ट खोसिएको थियो । उक्त अभियोगमा शिनलाई गत जुलाई गिरफ्तार गरिएको थियो । सोमबार अदालतले शिनलाई हिंसा, बाल दुव्र्यवहार र धोखाधडि लगायत कैयौ अपराधिक अभियोगमा दोषि ठहर गरेको हो । त्यस्तै चर्चका अन्य ५ जनालाई पनि सजाय सुनाइएको छ । ग्रेस रोड चर्चले अदालतको फैसला बारे केहि टिप्पणी गरेको छैन् ।

प्रतिक्रियाहरू