कोरियामा वुमन फर वुमनले सेप्टेम्बर १ तारिक बृहत रुपमा तिज मनाउदै

926

हिन्दू नारीहरुको महान चाड ‘हरितालिका तीज’ को अवसर पारेर कोरियाका महिलाहरुको छाता सस्था वुमन फोर वुमनले आगामी सेप्टेम्बर १ तारिख आइतबारका दिन ‘हरितालिका तीज कार्यक्रम २०१९’ भब्य रुपमा आयोजना गर्ने भएको छ।

प्रवासी भूमिमा रहेका महिला दिदीबहिनीहरुलाई लक्षित गरेर बर्सेनि आयोजना गर्ने यस कार्यक्रम यसपाली अझ भव्य अनि बिशेष रुपमा मनाउन लागिएको सस्थाका नवनिर्वाचित अध्यक्ष ऋतु श्रेष्ठजीले जानकारी गराउनु भयो | कार्यक्रमा विभिन्न स्थानीय कलाकारहरुको प्रस्तुति रहनुका साथै स्वादिष्ट नेपालि परिकारको दिवा भोज पनि रहनेछ ।
कार्यक्रमलाई सभ्य र भब्य बनाई दिनु हुन कोरियामा सक्रिय बिभिन्न संघ-संस्था, ब्यापारी, बुद्दिजिवि, पत्रकार, विद्यार्थी तथा कोरियामा रहनुहुने सम्पुर्ण नेपालीमा हार्दिक निमन्त्रणा गरिएको छ ।

कार्यक्रम:
मिति :सेप्टेम्बर ०१, २०१९ आइतबार
समय : दिनको १२ बजे देखि ०९ बजे सम्म
स्थान : सेकुवा कर्नरको हल, दोङ्ग्देमुन, सउल
बिस्तृत जानकारीको लागि:
ऋतु श्रेष्ठ _०१०५४३४४७६१
रुपा गुरुङ _०१०२२९३२७३०
सुष्मा थापा _०१०६५६७०७६६

प्रतिक्रियाहरू