कोरियाले यति धेरै विना भिषाका विदशी किन राख्यो ? अध्यागमनको योजना के छ त ?

6724

दक्षिण कोरिया हक अधिकारको हिसाबले हेर्ने हो प्रवासी श्रमिकको लागी राम्रो देश मानिदैन । प्रवासी श्रमिकको स्वइच्छाले कम्पनी परिबर्तन गर्ने आधारभुत अधिकार स्वीकार नगरेको अवास्था छ । जसले गर्दा प्रवासी श्रमिक आफुले नचाहेर पनि जबर्जस्ती काम गर्न बाध्य छ । तर कोरियामा प्रवासी श्रमिकको स्थिति,काम ,उनीहरुलाई गरिने व्यवहार जेजस्तो भए पनि बिभिन्न देशबाट प्रवासी श्रमिकहरु आएर काम गरिरहेको छन् । मजदुरी गर्न मात्र होइन बिभिन्न देशबाट व्यापार गर्न, अध्ययन गर्न बिदेशीहरु आएर बसोबास गरिरहेको छन् । तर सबैले सोचे जस्तो कोरियामा बैधानिक बसोबास सजिलो छैन ।
कोरियन सरकारले एकतर्फी बनाएको अध्यागमन कानुनले गर्दा जुनसुकै समयमा पनि भिषा गुमाउन सक्ने अवास्था छ । हेरौ अध्यायगमनको तथ्यांक अनुसार कोरियामा १९९२ देखि २०१९ सम्म बसोबास गर्ने जम्मा बिदेशीको शंख्या . बिनाभिषा बसोबास गर्ने बिदेशीको शंख्या यो तलको तथ्यांक २०१९को बाहेक अन्य बर्षको अन्तिम महिनाको तथ्यांक हो ।

यो माथिको बिना भिषा बस्ने बिदेशीको संख्या ३,६६,५६६ जना मध्ये २७२,३०८ जना छोटो अवधिको भिषा लिई (C-3,, पर्यटक) आउनेहरु हुन ।
प्रवासी मजदुरको मात्र (बिना भिषाको समेत) संख्या १९९२ देखि ५००५ सम्म निम्न बमोजिम छ ।

माथिको जम्मा प्रवासी मजदुर संख्या मध्ये दक्ष ,औध्योगिक प्रशिक्षार्थी ,बिदेशीलगानी प्रशिक्षार्थी(बिदेशमा रहेको कोरियन कम्पनीमा काम गर्ने मजदुर कोरियामा सिप सिकाउन भनेर ल्याई काम लगाउने)बाहेक अन्य सबै मजदुर पर्यटक भिषा लयायत बिभिन्न छोटो अवधिको भिषामा प्रवेश गरेर भिषा अवधि सकेर पनि काम गरि बसेको प्रवासी मजदुर हुन । २००३ अगष्टमा बिना भिषा काम गर्ने मजदुरको संख्या ७८% थियो । यो संख्या अहिलेसम्मकै सबै भन्दा बढी हो । २००३ अगष्टमा बिना भिषा काम गर्ने प्रवासी मजदुरको संख्या ३,०६,३८२ बाट त्यही बर्ष २००३ डिसेम्बरमा घटेर १,३८,०५६ मा झर्यो ।.यो बिचको अवधिमा कोरियन सरकारले कोरियामा प्रवेश गरेर ३ बर्ष भन्दा कम बसेको मजदुरहरुलाई ५ बर्षसम्म काम गर्न भिषा दिएको ,३ बर्ष भन्दा माथि ५ बर्ष भन्दा कम अवधिको मजदुरलाई आफ्नो देश गएर आउने भिषा दिएको थियो । त्यसकारण बिना भिषा काम गर्ने प्रवासी मजदुरको संख्या घटेको हो ।
कुन भिषाको र कुन देशको मानिस कति बिना भिषा बसोबास गरिरहेको छन त ?
बिना भिषा बसोबास गरिरहेको बिदेशीको भिषाको किसिम र संख्या

२०१९ मा पनि कोरियन अध्यागमन २०१८ कै तुलनामा बिना भिषाको विदेशीलाई पक्राउ गरी स्वदेश फिर्ता पठाउने योजना बनाएको छ । (सबै पक्राउ गरेर पठायो भने कोरियाको सानो कम्पनी (कानुनी रुपमा प्रवासी श्रमिक राख्न नपाउने अनि कोरियन मजदुरले पनि काम नगर्ने कम्पनी) बन्द हुन्छ भन्ने कुरा सरकारलाई राम्ररी थाहा छ ) २०१९ जुन महिनासम्म काम गर्ने अनुमति लिएर प्रबेश गरी (भिषा) बसोबास गरिरहेको प्रवासी श्रमिकको सख्या र देश निम्न अनुसार छ । (तर कोरियामा अन्य भिषामा आएर काम गर्ने बिदेशीको संख्या यो भन्दा १२ लाख भन्दा बढी छ)

इपिएस अन्तर्गत आउने प्रवासी मजदुरको संख्या २,७६,५७३ छ । २०१९ जुन महिनासम्म कोरियामा बसोबास गर्ने जम्मा नेपालीको संख्या ४१,२४९ छ ।
अहिलेसम्म सबै भन्दा बढी बिना भिषा बस्ने बिदेशी थाईल्याण्ड, चीन ,भियतनामको हो भने नेपाल आफ्नो नागरिक कोरियमा बिना भिषा ज्यादै कम बस्ने देशको सुचिमा पर्दछ । कोरियामा धेरै बिना भिषा बस्ने देशबाट इपिएस कोटा घटाउछ । मजदुर लैजादैन भन्ने कुरा गर्छन । त्यो कुरा सत्य हो कि होइन भन्ने कुरा माथिको तथ्यांकले प्रस्ट पारिदिन्छ । राम्ररी हेरौ . किन घट्दैन त बिना भिषा कम गर्ने बिदेशीको संख्या ? १ जान पठायो २ जना थपिन्छ । भिषा गुमाउन बाध्य छन् । कोरियन सरकारले अहिले लागु गरेको प्रवासी मजदुर नियम कानुनमा परिबर्तन नगरेसम्म बिना भिषा बस्न बिदेशीको संख्या अझ बढ्दै जानेछ ।

लेखक:- प्रवासी मजदुर युनियन(MTU) का अध्यक्ष हुन्

प्रतिक्रियाहरू