एनआरएन कोरियाको सचिबमा रोशन भट्टराईको उमेद्वारी

1487

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया (एनआरएनए) को सातौ अधिवेशन नजिकिदै गर्दा कोरियामा लामो समय देखि सामाजिक कार्यमा अग्रसर रोशन भट्टाराईले सचिब पदमा उमेद्वारी घोषणा गरेका छन् l

सन् २००४ देखि कोरियामा रही हाल सम्म बिभिन्न नेतृत्वसँग आबद्ध भएर कार्य गरेका भट्टराई नेपाल-कोरिया संस्कृतिक मञ्चको सचिव भएर कोरियामा नेपाली कला र संस्कृतिको बारेमा कोरियन समुदाय बिचमा प्रचार गर्ने महत्वपूर्ण भूमिका खेल्दै आइरहेका छन् । उनि २०१०  एनआरएनए कोरियामा  संग आबद्ध रहेर कार्य समेत गरेका थिए l
उनि भन्दछन “खासमा म कुन-कुन सस्थाको के-के पदमा थिए भन्नु भन्दा पनि अबको दिनमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको सातौ अधिवेशनले मलाई जिताएको खण्डमा नेपाल र कोरियालाई संस्कृति रुपमा के योगदान दिन सकिन्छ ? नेपाल र कोरियाको काला र संस्कृतिलाई आदान-प्रदान गर्न तर्फ मेरो बिशेष महत्व हुनेछ । ठुला ठुला कुरा गरेर एजेंडामा मात्र सिमित राख्न चै म चाहन्न । समय र परिस्थिति लाई मध्य नजर गरेर सस्थामा निस्वार्थ भावनाले कोरियामा कार्य गर्नेछु ।”

आगामी कार्यकालका लागि सचिव पदमा जिताउन कोरियावासी  नेपालीलाई आग्रह समेत गरेका छन्  । उनले आफु विजय भए एनआरएनको उद्धेश्य र कार्यक्षेत्रमा रहेर थप सामाजिक कार्य गर्ने, कोरियामा दुःख पाएका नेपालीका लागि कार्य गर्ने प्रतिबद्धता समेत ब्याक्त गरेका छन् l

प्रतिक्रियाहरू