चौथो रोधी सांगीतिक सौगातको आयोजक संस्था तमुधी दक्षिण कोरियाले कार्यक्रमको तयारि वारे जानकारी दिएको छ l आइतबार राजधानी सोलमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिदै कार्यक्रमलाइ सभ्य र भब्य रुपामा सफल पारिदिनुहुन कोरियावासी सम्पूर्ण नेपालीलाइ अनुरोध समेत गरेको छ l कोरियाको महान चाड छुसकको अवसर पारेर उक्त सांगीतिक कार्यक्रम गर्न लागिएको हो l
सेक्टेम्बर १३मा हुने उक्त सांगीतिक कार्यक्रमकोलागि नेपाल बाट पछिल्लो समय निकै चर्चामा रहेका गायक प्रकाश सपुत लगाएत आधा दर्जन भन्दा धेरै कलाकारहरु कोरिया आउने आयोजकले बताएको छ l कार्यक्रमको प्रचार प्रसार तथा अन्तरिक तयारि तिब्र पारिएको बताउदै संस्थाका अध्यक्ष जित गुरुङले साथ र सहयोगको लागि अपिल समेत गरे l
उल्लेख्य नेपालीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमा एनसिसि कोरियाका बरिष्ठ उपाध्यक्ष श्री श्रेष्ठ , आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष युगेल टेन्डुप शेर्पा , संस्थाका सम्रक्षक भिम गुरुङ तथा अध्यक्ष जित गुरुङले पत्रकारहरुले राखेका जिज्ञासहरुका जवाफ दिएका थिए l
कोरियामा रहेका धेरै नेपालीको साथ र सहयोग रहने भएकोले सांगीतिक कार्यक्रम ऐतिहासिक हुनेमा आफुहरु विश्वस्त रहेको पनि आयोजकले बताएको छ l