रोजगारीको लागि इपिएस मार्फत कोरिया आएका एक नेपाली झुण्डिएको अबस्थामा मृत फेला परेका छन l कोरियाको बुसान क्षेत्रमा कार्यरत काभ्रे बेथानचोकका केदार तिमल्सिना गएराती मृत अबस्थामा फेला परेको हुन l
“निकै दुखत घटना घटेको र आहिले आफु सो वारेमा बयान दिन प्रहरी चौकी आएको “संगै कार्यरत एक नेपालीले वताए l
अन्दाजी २९ बर्षिय बिबाहित मृतक तिमल्सिना काभ्रे सम्पर्क समितिका पुर्व सदस्य पनि हुन् l के कति कारणले आत्महत्या गरे वा हत्या भयो सो वारेमा खुल्न सकेको छैन l हाल उनको शवलाइ प्रहरीले नजिकैको अस्पतालमा राखेको छ l
घटनावारे अनौपचारिक रुपामा जानकारी आएको र थप जनाकारी लिने प्रयास भैरहेको कोरिया स्थित नेपाली दुतावसका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले बताए l
बिस्तृत जानकारीको लागि हेर्दै गर्नुहोला हेल्लो नेपाल कोरिया डट कम
प्रतिक्रियाहरू