कोरियामा म्याग्दी प्रवासी नेपाली संघको आयोजनामा यसपालीको तीज कार्यक्रम दोङ्म्यो आफमा रहेको नमस्ते रेष्टुरेण्टको हलमा धुमधामकासाथ मनाईने भएको छ । यहि आउदो अगष्ट ३१ तारिक शनिवार दिउसो २ बजेबाट कार्यक्रम शुरु हुने आयोजकले जानकारी गराएको छ ।
नेपाली तीजका गीत घन्काउन स्टेज सहित साउण्ड सिष्टमको राम्रो ब्यवस्था गरिएको छ । आयोजना हुने हलमा पुग्न ट्रेन लाईन नम्वर १ को दोङ्म्यो आफ स्टेसनको ५ नम्वर गेटसँगै रहेको छ ।
आयोजकले कोरियामा रहनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध गरेको छ ।
प्रतिक्रियाहरू