वुमन फर वुमन कोरियाले सेप्टेम्वर १ मा तिज कार्यक्रम गर्ने, सम्पूर्ण तयारी पूरा

1384

वुमन फर वुमन दक्षिण कोरियाले यहीँ सेप्टेम्वर १ तारिकको दिन तीज कार्यक्रम गर्ने भएको छ। प्रत्येक वर्ष झै यो वर्ष पनि आउँदै गरेको हरितालिका तिज भव्यताका साथ मनाउन गइरहेको संस्थाकी अध्यक्ष रितु श्रेष्ठले बताउनुभयो।

“हामी प्रवासमा भए पनि बिदाको दिन पारेर प्रत्येक वर्ष तीज मनाउछौँ। आफ्नो संस्कृतिलाई जोगाइराख्नु हाम्रो कर्तब्य पनि हो। यसरी कोरियामा रहेका नेपाली दिदी बहिनीहरुलाई एकीकृत गरी आपसमा अझ सामिप्यता बढ्ने कुरामा पनि सहयोग पुग्ने संस्थाकी बरिष्ठ उपाध्यक्ष रुपा गरुङ बताउनुहुन्छ।” त्यस्तै, यस महान पर्वमा उपस्थितीको लागि कोरियाबासी नेपाली दिदिबहिनी दाजुभाईहरुलाई संस्थाले हार्दिक निमन्त्रणा  पनि गरेको छ ।

मिती: सेप्टेम्वर १,२०१९

समय: दिनको ठीक १२ बजे देखि ९ बजे सम्म

स्थान: सेकुवा कर्नरको हल, दोङ्देमुन

फोन न.: ०१०-५४३४-४७६१, ०१०-२२९३-२७३०, ०१०-८५३५-८८६०, ०१०-६५६७-०७६६

 

प्रतिक्रियाहरू