सन् १९९३ मा स्थापना भई कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको हकहितका लागि विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको कोरियामा रहेका सामाजिक संस्थाहरुको छाता संस्थाको रूपमा नेपाली सम्पर्क समिति( एनसीसी ) कोरिया कोरियन सरकारमा दर्ता भएको छ।
एनसीसी कोरिया कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको सबैभन्दा पुरानो संस्था हो ।लामो समयदेखि वैधानिकता प्राप्तिका लागि लागिपरिरहेको एनसीसी कोरिया सन् २०१९ सेप्टेम्बर ४ तारिख बुधबारका दिन दर्ता हुन सफल भएको छ ।
लामो र गौरवमय इतिहास बोकेको संस्था एनसिसिले अहिलेसम्म कोरियन सरकारद्वारा वैधानिकता पाउन सकेको थिएन । एनसिसिले वैधानिकता पाएसँगै कोरियामा एनसीसीले गर्ने सम्पूर्ण सामाजिक गतिविधिहरु गर्न नेपालीहरुलाई सहज हुने भएको छ। स्थापनाकालको २५ बर्ष पार गरी २६ औं वर्षमा संस्था दर्ता हुन सफल भएको छ यसले सम्पूर्ण एनसीसीमा सूचीकृत संस्थाहरूमा खुसी छाएको छ।संस्था दर्ता गर्न अहोरात्र खटिने अग्रज व्यक्तित्व तथा सहयोग पुर्याउने सम्पुर्ण नेपालीहरुलाई एनसीसी कोरियाले धन्यवाद ज्ञापन पनि गरेको छ।