कोरियाको थेजन सहरमा एकै परिवारका ४ जना मृत अबस्थामा फेला परेका छन् l
मृतक ४ जना मध्ये बुवाको शव आफु बस्ने अपार्टको बाहिर भेटिएको छ भने श्रीमती र दुइ जना छोराछोरीको शव अपार्ट भित्र भेटिएको थेजन प्रहरीलाई उद्दृत गर्दै समाचार एजेन्सी योंहापले जनाएको छ l
प्रहरीले मृतक बाबुको खल्तीबाट एउटा सुसाइड नोट पनि फेला पारेको छ l उनि अपार्ट बाट हाम फालेको हुनसक्ने अनुमान गरिएको छ l
घटनावारे प्रहरीले बिस्तृत अनुसन्धान गरिरहेको बताएको छ l
कोरिया हेराल्ड
प्रतिक्रियाहरू