दक्षिण कोरियामा केहिदीन यता बुन्गुर बाट सर्ने अफ्रिकन स्वाइन फ्लूको सन्त्रास बढेको छ । गत मंगलवार फाजुको एक बुन्गुर फारममा ५ वटा बुन्गुर मरेपछि पहिलो पटक स्वाइन फ्लूको आशंका गरिएको थियो l
परिक्षण पश्चात स्वास्थ्यकर्मीले उक्त कुराको पुष्टि गरेका थिए l त्यसको लगत्तै इन्छन , किम्पो लगाएतका स्थानहरुमा पनि स्वाइन फ्लूको प्रकोप देखा परेको छ l
पछिल्लो समय उक्त रोगले थप महामारी लिन थालेपछि स्वास्थ विभागले बुन्गुर फारम भित्र र बाहिर निस्किने गाडीहरुमा थप कडाइ गरेको छ l त्यस्तै विदेश बाट आयात हुने बुंगुर तथा मासुजन्य पदार्थमा थप कडाइ गरिएको बताएको छ l
इपिएस कार्यालयले निकाल्यो सुचना
पछिल्लो समय कोरियाको इन्छन विमानस्थलले मासुजन्य पदार्थमा थप कडाइ गरेकोपछी इपिएस कार्यालय ग्वार्को ललितपुरले बर्जित गरिएका समान नलैजान भन्दै सूचना प्रकाशित गरेको छ l
प्रायजसो नेपालीहरु कोरिया प्रवेश गर्दा मासुजन्य पदार्थ जस्तै सुकुटी , अचार , भुटेको मासु ,सिद्रा आदि ल्याउने प्रचलन छ l पछिल्लो समय विमानस्थलले थप कडाइ गरेसंगै उक्त बस्तु फेला परे जरिवाना तथा जेल सजाय समेत हुन सक्ने छ l
इपिएस कार्यालयले निकालेको सुचना यस्तो छ l