कोरियाको इन्छन विमानस्थलको अध्यागमन विभागले प्रतिबन्ध गरेका समान भित्राउन खोज्ने नेपाली स्वदेश फिर्ता भएका छन् lगत बुधवार कोरिया प्रवेश गरेका उनीहरुले बोकेको झोला इन्छन विमानस्थलमा चेकजाँच हुदा कोरियाको अध्यागमन विभागले बर्जित गरेको समान फेला परेपछि उनीहरुलाई नेपाल फिर्ता पठाइएको हो l
फिर्ता हुनेमा एकजना पर्यटन भिषामा कोरिया प्रवेश गर्दै गरेका र अर्का एकजना इपिएस मार्फत कोरिया प्रवेश गरि बिदामा नेपाल गइ पुन फिर्ता भएका नेपाली रहेको कोरियाको ख्याङ्गिदो प्रहरीको लागि भाषा अनुवादक सहयोगी मुक्त गुरुङले बताए l गुरुङका अनुसार उनिहरुले मासुजन्य पदार्थ सुकुटीका साथै घरेलु मदिरा बनाउन प्रयोग हुने मर्चा समेत बोकेका थिए l
कोरियामा हाल स्वाइन फ्लूको प्रकोप देखा परेपछि विदेशबाट भित्रिने मासुजन्य पदार्थमा थप कडाइ गरिएको छ l कुनै किसिमको फलफुल , सुकाएको वा भुटेको मासु l पशुपन्छीवाट उतापादित बस्तु जस्तै मासु ,घ्यु , दुध ,दहि आदि तथा सुर्तीजन्य पदार्थमा पनि थप कडाइ गरिएको छ l
यसैगरी इपिएस तथा अन्य प्रक्रियामा कोरिया प्रवेश गर्दै गरेका नेपालीलाई थप सजक रहन इपिएस कार्यालय ग्वार्को ललितपुरले समेत बिसेष सुचना जारि गरेको छ l