देश बनाउने कोरियाको यो पुस्ता

2018

उमेरै भै सक्यो असि,झन ठुला जोस जॉगर बढेको।तँपाई कोरियाका गॉउघर या शहरका घर बगैचामा हेर्नुभयो भने (हाल्मनि,हाल्आवाजी)हजुर बा हजुरआमाहरु खेतबारीमा काम गरिरहेको देख्नुहुन्छ।अईलेको बिकसित कोरिया बनाउने पौरखी पुस्ता हो यो।बम बारुत र गोली सँग पौठेजोरी खेलेर जापानी उपनिबेसलाई लखेट्ने यो पुस्ता आफै बिचको काहाली लाग्दो लँडाईले देसै बिभाजन भएर उत्तर र दक्षिणको बिल्ला भिर्न बाध्य भयो।कैयौ घरपरिवार पनि बिखण्डित भए।युध्दको खरानीबाट शुरु गरेको बिकासले आज दक्षिण कोरिया बिश्व अर्थतन्त्रमा उदयमान राष्ट्रको रुपमा बिकास भैरहेको छ।युध्दको कारण भोकमरी भएको बेला खाद्यान्न सहयोग गर्ने राजा बिरेन्द्रको देस नेपालको नाम यि बृध्द कोरियन नागरिकहरु संझन्छन।

त्यसै बिरक्त लागेर ऑउछ।४०/५०बर्ष पहिला प्रतिब्यक्ति आय बराबर रहेका नेपाल र कोरिया आकाश र जमिनको फरक अवस्थामा बॉचिरहेका छन।नेपाल एकहजार युएस डलरमा क़ायम छ भने दक्षिण कोरिया ३२हजार यूएस डॉलर प्रतिब्यक्ति आयमा रमाईरहेको छ।आज ४करोड कोरियाली नागरिकलाई सुख संवृधि मात्र दिएको छैन संसारका कम आय भएका १५ देसका आप्रावसी कामदारलाई समेत रोजगारी दिएको छ।बिडम्बना भन्नु पर्छ हामि लाखौ नेपाली हरेक बर्ष कोरिया आउनी लाईनमा बस्छौ।अईले ६०हजार भन्दा बढि नेपाली युवायुवतीहरु कोरियामा काम गरेर नेपालमा सुख संबृधिको सपना सजाईरहेका छन।एउटै पुस्तामा कसरी यो संपन्नताको शिखरमा पुग्न सकियो?

बुढाबुढी जो सँग सोधेपनि एउटै जबाफ छ।त्यो हो काम।हात खाली नगरी बस्नै नसक्ने यिनिहरु ऑफु बसे देस नै ठप्प हुन्छ भन्ने बिश्वास गर्छन।काममा ब्यस्त नहुनि हो भने अनेक बिकृति र बिसंगतिहरुको सामना गर्नु पर्दछ भन्ने मान्यता रहेको छ।
काम गरेमा शरिरका सवै अंग तन्दुरुस्ति हुन्छन।उत्पादन हुन्छ।मिठो खान पाईन्छ।थाकेको शरिर लुत्रुक्कै निद लॉउछ।दैनिक गर्दा बानि पर्छ।काम नै शरिरको मुख्य औषधि हो भन्छन कोरियनहरु।
बुढेसकालतिरको कोरियनहरुको जिन्दगी हामि नेपालीको ऑखॉमा सकसपुर्ण लाग्दछ।छोराछोरीहरु कामको सिलसिलामा शहर तिर या कंपनिमा हुन्छन।पढाईको बेला छुट्टिएका छोराछोरी विवाह गरेर छुट्टै बस्ने चलन छ।अझ विवाहाकै दिन छोराबुहारीलाई अपार्टमेन्टको ताला चावि बुझाएर वावुआमा गॉउको घर फर्कने चलन देखियो।नातीनातिना खेलाउने रहर,धर्म कर्म,समाज सेवा,तिर्थब्रत,अैचोपैचो,नारा जुलुसमा बिरलै जेष्टनागरिकहरुको सहभागिता रहन्छ।बरु संपतिले पुईसरी आएमा बिभिन्न देसहरुको भ्रमण गर्ने चलन देखियो।

कहिलेकॉहि पाउना जसरी आउने छोराबुहारी नातीनातिनाहरु सँगै खाना खान पाउनु नै स्वर्ग हो उनिहरुलाई।आफ्नो परीवारको अति नै ख्याल गर्ने कोरियनहरुको संस्कार भएपनि बढदो आधुनिक र ब्यस्त जीवनशैलीका कारण बुढाबुढी उमेरमा परिवार सगोलमा नबसेको अवस्था रहेको छ।

सरकारले जेष्टनागरिकलाई मासिक ईसिब ओमान अर्थात २५हजार नेपाली रुपैयॉ र निशुल्क औषधि उपचारको ब्यवस्था गरेको छ।उनिहरु भने हातपाखुरा चलिन्जेल सुविधा लिन नपरे हुन्थ्यो झै गर्छन।सरकारलाई कर तिरे शान हुने र फोकटमा सुविधा लिदॉ अपमान महसुस गर्ने समाज भएका कारण पनि काम कर्तव्यको ब्यवहरिक शिक्षा यि बृध्द नागरिकले दिएका छन।

कोरियामा त बुढाबुढी उमेरमा झन बढी काम गर्नु पर्नि रहेछ नि!गाह्रो पो हुनि भयो है भनेर कोरियन सँग बिहे गरेर आएकि नेपाली चेलिलाई सोधेपछि उनले हॉस्तै भनिन “हाम्रो लागि बहुत डर लाग्ने कुरो यहि हो दाई!आबुई!हामि त कॉहा सक्नु यस्तो दुख: गर्नु।सकिन्न हौ!बुढी नहुँदै झिटी झ्याम्टा बोकेर नेपाल जॉउकि भन्नी कुरा मनमा खेल्छ।कसम!भनेर आफ्नो गुनासो पोखिन।

बुढाबुढीको लागि सरकारले गॉउ टोलमा व्यामशाला बनाएको छ।फुर्सतमा घाम तापेर केहि टहलिएको त देखिन्छ तर खेतबारीमा नै ब्यस्त देखियो।छिमेकि भेटेर कुरा गर्नि ,चिया पसल,भट्टी,जुवातासमा समय बिताउनी,धर्म कर्म,समाजसेवामा खासै बुढाबुढीको रुचि देखिएन।चर्च र गुम्बाहरुमा पनि अधबैशै धेरै छन। कोरियन बुढाबुढी भन्छन”ईल मान उरिगा हानानिम ईस्सयो “अर्थात काम नै हाम्रा भगवान हुन।

बुढाबुढीलाई जस्तो आदर र सम्मान कोरियामा झै अन्त नहोला उनिहरुकै स्वईच्छाले गरेको कामलाई हाम्रो ऑखॉले दुख:पो होकि लाग्नि रहेछ।बेकारमा छोरा बुहारी छर छिमेकिका कुरा काटेर घर झगडा मच्चाउने फुर्सद भएका मेरा नेपाली आमा बुवाहरुलाई भगवान श्रीकृष्णले भनेझै सकेको कर्म गर्नुस भन्ने सुझाव छ।रुपैयॉ पैसा तुलादान मात्रले स्वर्गको ढोका खोल्न गाह्रो होला श्रमदान गर्नुस उत्पादन हुन्छ संम्पुरण चराचर प्राणि लगायत पारिस्थितिक प्रणाली सन्तुलनमा सहयोगको साथै देस बिकासमा महत्वपुर्ण योगदान हुने छ।

अथाह दुख:शास्ती झेलेर गणतन्त्र दक्षिण कोरियालाई बिकसित राष्ट्र बनाउने कोरियन आबाजी अमनीहरुलाई दुई हात जोडेर नमन गर्दछु।भविष्य हाम्रो हातमा छ।

प्रतिक्रियाहरू