कर्णालीको रास्काेट अस्पताल निर्माणको लागि बेल्जियमबाट १७ लाख रुपिया सहयोग

891

बेल्जियम निवासी सामाजिक भावनाले अभिप्रेरित एक दम्पतीको सक्रियतामा लोकप्रिय चर्चित पत्रकार रबि लामिछानेको नेतृत्वमा कर्णाली कालिकोट स्थित निर्माणाधिन सामुदायिक हस्पिटल निर्माण सहयोगार्थ १७ लाख भन्दा बढी नेपाली  रुपिया  सहयोग रकम संकलन गरेका छन्। सामाजिक अभियन्ता सुनिता गुरुङ र नारायण धितालले ४ महिनामा बेल्जियम लगायतका अन्य देशहरू बाट १७ लाख ६ सय ४५ रुपियाँ संकलन गरेका हुन्।
उक्त रकमको चेक न्युज २४ को कार्यालयमा  स्वम सुनिता गुरुङले विभिन्न देशबाट आउनु भएका सामाजिक अभियन्ताहरुको रोहबरमा रवि लामिछाने फाउन्डेसनका संस्थापक अध्यक्ष रवि लामिछाने लाई हस्तान्तरण गर्नुभएको छ।
हस्तान्तरण पछि बोल्दै गुरुङले भन्नुभयो” यस कार्यमा सबै नेपालीहरुको सहयोग र साथ नभएको भए यती धेरै मनकारी मनहरुको एक्यवद्धता र रकम संकलन गर्न सम्भब हुने थिएन। यस महान सहयोग अभियान क्रममा प्रत्यक्ष अप्रत्यक्ष साथ सहयोग र सद्भाव राख्नु हुने सहयोगी मनहरु प्रती हृदय देखि आभार प्रकट गर्नु भएको छ ।” यसै गरि चर्चित संचारकर्मी रबि लामिछानेले पनि देश बिदेशबाट खुलेर उदार मनले सामाजिक अभियन्ता र सहयोगी मनहरुले देखाउनु भएको साथ सहयोग र सद्भाव प्रती नतमस्तक रहेको बताउनु भयो।सबैको बिश्वास र भरोसालाई   कहिले डगमगाउन नदिने प्रतिबद्धता पनि जाहेर गर्नु भयो। यस अभियानमा २८३ जना सहयोगी दाताहरुले आफू सक्दो रकम सहयोग गरेका थिए।

प्रतिक्रियाहरू