कोरियामा शक्तिशाली आंधी ( मिटाङ )को बितण्डा , तीनजना घाइते दर्जनौ भबनमा क्षति , मध्यरातमा थप क्षति पुर्याउन सक्ने अनुमान

3776

कोरियाको जेजु टापुमा बुधवार आएको शक्तिशाली आंधी ( मिटाङ )का कारण दर्जनौ भवनहरुमा क्षति पुगेको छ l उच्च बर्षा सहित आएको हावाहुरीका कारण ३ जना घाइते भएको कोरियाली संचार माध्यमहरुले जनाएका छन् l
समाचार अनुसार  आंधीका कारण सयौ उडानहरु रद्व गरिएको छ भने जेजु शहरका अधिकांस स्कूलहरु पनि बन्द गरिएको छ l
यो बर्षको १८औं आँधी ( मिटाङ ) ले बुधवार मध्यरातमा कोरियाको मक्पो , ग्वाङ्गजु थेगु , बुसान लगायतका क्षेत्रमा  थप क्षति पुर्याउन सक्ने कोरिया मेट्रोलोजीकल एड्मिनिस्टे्रसन केएमए ले बताएको छ l

टाइफुन ( मिटाङ ) हाल जेजु टापुबाट ३० किलोमिटर प्रतिघण्टाको दरले  उत्तर पूर्वी क्षेत्र तर्फ तर्फ बगिरहेको छ l उक्त टाइफुनको केन्दीय चाँप ९५८ हेक्टोपास्कल छ भने हावाको गति २७ मिटर प्रति सेकेण्ड रहेको छ l

आंधीले कोरियाको मध्य क्षेत्रमा ८० देखि १५० मिलिमिटर बर्षा गराउने छ भने सियोल क्षेत्रमा ३० देखि ८० मिलिमिटर सम्म बर्षा हुन सक्ने केएमएले बताएको छ l

प्रतिक्रियाहरू