कोरियाको गजेदोमा कबड्डी कबड्डी कबड्डी प्रदर्शन हुर्दै, विधार्थीलाई निशुल्क

1216

नेपाली चलचीत्र कबड्डी कबड्डी कबड्डी कोरियाको गजेदोमा यहि आउदो अक्टोबर १२  तारिख शनिवार  प्रदर्शन गरिने भएको छ । आपतकालिन राहत कोष सहयोगार्थ किरात राइ यायोक्खा गजेदोले गजे देहाक्योको हलमा शनिवार बेलुका ७ बजे फिल्म प्रदर्शन गर्न लागेको हो ।
निकै राम्रो उत्कृष्ट चलचित्र र आपतकालिन राहत कोषको लागि प्रदर्शन गर्न लागिएकाले गजेदोमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई उपस्थित भईदिन अध्यक्ष जय राईले अनुरोध गर्नुभएको छ ।
फिल्म प्रदर्शन बाट उठेको रकम गजे क्षेत्रमा रहेका नेपालीहरुमा पर्न आउने दुर्घटना र अन्य आपतकालीन सामस्यामा अवस्था हेरेर सह्योग गरिनेछ संस्थाले जानकारी गराएको छ ।

प्रतिक्रियाहरू