कोरियामा विनाशकारी टाइफुन, कम्तिमा ६ जनाको मृत्यु , हजारौं मानिसलाई सुरक्षित स्थानमा सारियो

2114

दक्षिण कोरियामा आएको टाइफुन मिट्यागका कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ । अन्य कैयौ बेपत्ता भएका छन् । मिट्याग टाइफुनका कारण दक्षिणी र पुर्वी क्षेत्रमा भारी वर्षा र तिब्र वेगको हावाहुरी चलेको कोरियन सञ्चार माध्यमले जनाएका छन । दक्षिणी शहर बुसानमा गएको पहिरोमा ४ जना पुरिएको बताइएको छ ।

विनाशकारी आँधी मिट्याग बुधवार राति हेनाममा प्रवेश गरेको थियो । हेनाम हुदै बिहीवार विहान पुर्वी सागर तर्फ अघि बढेको  मौषम विभागले जनाएको छ ।

त्यस्तै पर्यटकिय टापू जेजुमा पनि टाइफुनले जनजिवन प्रभावित पारेको र १ हजार ५ सयलाई सुरक्षित स्थानमा सारिएको अधिकारीले जनाएका छन् । यस्तै टाइफुन प्रभावित क्षेत्रमा विद्यूत आपुर्ती अवरुद्ध हुदाँ ४४ हजार घर परिवार प्रभावित भएको बताइएको छ ।

प्रतिक्रियाहरू