सन् २०१९मा दक्षिण कोरियाको राहदानी (पासपोर्ट ) विश्वकै तेस्रो शक्तिशाली बनेको छ lहेन्ली एण्ड पार्टनर्सले एक अध्यन पछी प्रकाशित गरेको तथ्यांकअनुसार सिंगापुर र जापान पछिको शक्तिशाली पार्सपोर्ट दक्षिण कोरियाको बनेको हो l अग्रिम भिषा बिना सबैभन्दा धेरै देशमा प्रवेश अनुमतिको आधारमा उक्त देशको पासपोर्टलाइ शक्तिशाली मानिन्छ l
प्रकाशित तथ्यांकअनुसार दक्षिण कोरियाको पासपोर्ट भएका नागरिकले १ सय ८८ देशमा पुर्व भिसा बिनानै प्रवेश अनुमति पाउने छन् l
त्यस्तै १ सय ९० भन्दा धेरै देशमा प्रवेश अनुमति संगै जापान र फिनल्याण्डको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ l
विश्वकै सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको बनेको छ l अफगानी पासपोर्ट बाहक नागरिकले २५ देशमा प्रवेशको अनुमति पाउन सक्छन l त्यस्तै नेपालले भने सन् २०१९ सम्म ४६ वटा देशमा प्रवेश अनुमति पाएको छ l
सबैभन्दा शक्तिशाली पासपोर्ट तथा प्रवेश अनुमति तथ्याँक
१ सिंगापुर र जापान – १९० देश
२ दक्षिण कोरिया ,जर्मन र फिनल्याण्ड -१८८ देश
३ इटाली , डेनमार्क र जक्जम्बौर्ग -१८७ देश
४ फ्रान्स ,स्पेन र स्विडेन – १८६ देश
५ अस्ट्रेलिया, निदरल्याण्डस् र पोर्चुगल -१८५ देश
सबैभन्दा कमजोर पासपोर्ट तथा प्रवेश अनुमति तथ्यांक
१ अफगानिस्तान- २५ देश
२ इराक -२७ देश
३ सिरिया -२९ देश
४ सोमालिया ,र पाकिस्तान -३१ देश
५ यमन – ३३ देश
कोरिया टाइम्स