दक्षिण कोरियामा गत हप्ता आएको विनाशकारी टाइफुन मिट्यांङ पछी पुनः अर्को टाइफुन ह्यागीबिजको खतरा बढेको छ l
जापानको क्यौसु बाट निस्किएको टाइफुन ह्यागीबिजले कोरियन प्रायद्विपमा पनि प्रभाब पार्न सक्ने कोरिया मौसम विभागले पुर्व अनुमान गरेको छ l
सोमबार बिहान ९ बजे देखि २७ किलोमिटर प्रतिघन्टाको तथा ९१५ हेक्टोपास्कल को चाँपमा गतिलिन शुरु गरेको उक्त टाइफुनको अधिकतम गति बढेर बिहिबार देखि सनिवार सम्म १८० किलोमिटर प्रतिघन्टा सम्म पुग्न सक्ने अनुमान गरिएको छ l
यद्वपि कोरियालाई भने के कस्तो क्षति पुर्याउन सक्छ अहिलेनै बताउन सक्ने अबस्था भने नरहेको कोरिया मेट्रोलोजीकल एड्मिनिस्टे्रसन केएमए ले जनाएको छ l सावधानी भने अपनाउनु पर्ने सुझाब दिएको छ l
यदि उक्त टाइफुन कोरिया प्रवेश गर्यो भने यो वर्ष आएका टाइफुन मध्ये ह्यागीबिज ८ औं विनासकारी हुन सक्ने अनुमान छ l
कोरियामा गत हप्ता आएको विनाशकारी टाइफुन मिट्यांङका कारण १३ जनाले ज्यान गुमाएका थिए भने हजारौ भौतिक संरचनाहरु ध्वस्त भएका थिए l