इपिएस मार्फत रोजगारीको लागि कोरिया आएका एक नेपालीको औधोगिक दुर्घटनामा परि मृत्यु भएको छ l कोरियाको थेजन स्थित एक कम्पनीमा कार्यरत सुर्खेत पन्चपुरिका थिर बहादुर दर्लामीको मृत्यु भएको सुर्खेत समाजका सल्लाहकार लक्ष्मीनारायण बस्नेतले जानकारी दिए l बस्नेतका अनुसार उनलाई कम्पनीमा काम गर्दा गर्दै माथिबाट झरेको गरुङ्गो सामानले लागेको थियो l
उनलाई तत्कालै अस्पताल पुर्याइएको भएतापनि उपचारकै क्रममा सनिवार मृत्यु भएको थियो l २३ बर्षीय दर्लामी १७ दीन अघि कोरिया प्रवेश गरेको भएतापनि उनले काम शुरु गरेको ११ दीन मात्र भएको बुझिएको छ l
बिदाको दीन परेकोले घटना वारे कोरिया स्थित नेपाली दुतावासले भने पुष्टि गरेको छैन l
बिस्तृत जानकारीको लागि हेर्दै गर्नुहोला हेल्लो नेपाल कोरिया डट कम
प्रतिक्रियाहरू