दक्षिण कोरियामा अफ्रिकन स्वाइन फ्लूले महामारीको रुप लिन थालेको छ l सोमबार उत्तर कोरियाको सिमा नजिकै मृत फेला परेको जंगली बनेलमा अफ्रिकन स्वाइन फ्लू भएको प्रामाणित भएपछी सरकारले उच्च सतर्कता जारि गरेको हो l
त्यस्तै जंगली जनावरमा समेत स्वाइन फ्लू देखापर्न थालेपछि स्थिति नियन्त्रण भन्दा बाहिर जान नदिन सैनिक परिचालन गरि सम्पूर्ण जंगली बनेलहरु मार्ने कृषि मन्त्रालयले निर्णय गरेको छ l
“नियन्त्रण भन्दा बाहिर रहेका जंगली जनावरले रोग छिटो फैलाउने सम्भावना उच्च हुन्छ ” एक सरकारी अधिकारीले भने l
यो सहित कोरियामा स्वाइन फ्लूका कारण मृत भेटिएको बदेलको संख्या पाँचौ हो l यसभन्दा पहिला ख्याङ्गिदो तथा इन्छन क्षेत्रमा स्वाइन फ्लूका कारण १४ वटा बुन्गुर मरिसकेका छन् lसरकारले प्रभावित क्षेत्रका बिभिन्न फारम बाट लाखौँको संख्यामा बुन्गुर मारिसकेको छ l
प्रतिक्रियाहरू