नेपाली सम्पर्क समिती बुसान शाखाले बिगतका बर्षहरूझै यस बर्ष पनी आयोजना गरेको दिपावली कार्यक्रम नाँचगान गर्दै देउसी खेल्दै भब्यरुपमा मनाइएको छ ।
सउल देखि ३ सय २५ किलो मिटर टाढा रहेको बुसान सहर स्थित मिञ्जु खोङ्वनको हलमा शुभ दिपावली मनाइएको हो । परदेशीएका नेपालीहरु आफ्नो मौलिक पर्वमा एकै ठाउमा भेला भई नेपालको न्यास्रो मेट्न र आफ्नो सुखदुख साट्न कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपाली सम्पर्क समिती दक्षिण कोरिया बुसान शाखाका अध्यक्ष संगित अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एनसीसी बुसानका संस्थापक अध्यक्ष एलवि विष्टको प्रमुख आतिथ्य रहेको थियो ।
त्यस्तै बिशिष्ट अतिथीहरूमा एनआरएन ख्यङ्साङ क्षेत्रका संरक्षक रबिन राई , नेपाली सम्पर्क समिती दक्षिण कोरियाका केन्द्रीय सचिव नबिन केसी, एनआरएन ख्यङ्साङ क्षेत्र कि उपाध्यक्ष शिला मास्के, स्टार रेमिटका मार्केटिगं अफिसर पुस्पराज लामिछाने लगायत बिभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि रहनु भएको थियो ।
एनसीसीका महासचिव प्रेम लामिछानेको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन केशब रिमालले गर्नु भएको थियो ।
कार्यक्रममा नेपालबाट दक्षिण कोरिया आउनु भएकी कलाकार सुमित्रा लामा ,स्थानीय कलाकार उदिप श्रेष्ठ, शिला मास्के, अनिल मगर लगायतका कलाकारहरूको मनोरञ्जनात्मक साङ्गितिक प्रस्तुतीले कार्यक्रम रमाइलो भएको थियो।कार्यक्रममा तिहार सेलरोटी सहित खानपिनको राम्रो ब्यवस्था रहेको थियो ।