कोरियाको एतिहासिक शहर क्षलनाम्दो खुवान्जुमा सर्बाधिक चर्चामा रहेको नेपाली कथानक चलचित्र कबड्डी कबड्डी कबड्डी प्रदर्शन भएको छ l नेपाल सामुदायिक समिति परिवार दक्षिण कोरियाको आयोजनामा नोभेम्बर ३ तारिखमा हानाम ३नंवर मा रहेको सभाहलमा उक्त चलचित्र प्रदर्शन गरिएको जानाकारी संस्थाका अध्यक्ष अरुण क्षेत्रीले जानाकारी दिनुभयो।
नेपाल तथा कोरियाका बिभिन्न क्षेत्रमा सफल रुपमाप्रदर्शन भैरहेको उक्त चलचित्र राजधानी सउलमा दिनको ३शो चलेको थियो।हेप्पि तिहारको कोसेलीकोरुपमा खुवान्जु ,नाजु,मोक्पो,सुन्छन,थामयाङ्ग लगायतमा रहेका २सय भन्दा बढी नेपालीदाजुभाई दीदीबहीनीहरुको सहभागिता रहेको उक्त फिल्म प्रदसनबाट आएको आम्दानी खुवान्जु सेल्टर संचालनमा खर्च गरिने नेपाल समुदायिक समिति ग्वाङ्जुका कोषाध्यक्ष गुरदत्त पराजुलीले बताउनु भयो।
रामबाबु गुरुङ द्वारा निर्देशित यस फिल्ममा दयाहाङ राई , उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल, माओत्से गुरुङ, लुनिभा तुलाधर, कमल मणि नेपाल, अरुणा कार्की पोखरेल, रिस्मा गुरुङ, पुस्कर गुरुङ, कबिता आले, डक्टर सिंह गुरुङ, शिला खनाल, मणि के.राई लगायतको बेजोड अभिनय रहेको थियो।
पोखरा मुस्ताङ लगायत नेपालका रमणिय स्थानका दृश्यावलोकन साथै प्रेम काहानीमा आधारित फिल्म हेरेपछि नेपालमा रहेको अनुभुति भयो थामयाङदेखि आएकी माया तामाङले भन्नुभयो।
नेपाली राष्ट्रिय गित गाएर शुरु भएको कार्यक्रममा बिएमके बिश्वासले स्वागत गर्नुभएको थियो भने शुसिल गुरुङले प्राविधिक ब्यवस्थापन र सचिव ध्रुव नेपालले कार्यक्रम संचालन गर्नुभएको थियो।साथै अन्त्यमा सहभागिहरु बिचमा लक्कि ड्र गरिएकोमा भक्ति ओडारीले उपाहार जित्नुभएको थियो।