कोरियाको अस्पतालमा करिब १० महिना देखि उपचार्थ रहेका एक नेपालीको मृत्यु भएको छ l ६ बर्ष पहिला कोरिया आएका रौतहटका संजय बिकको मृत्यु भएको एनसीसी कोरियाकी अध्यक्ष अन्जु केसीले जानकारी दिएकी छन् l
३५ बर्षिय बिक पर्यटन भिषामा कोरिया आइ अबैधानिक रुपमा काम गर्दै आइरहेका थिए lउनि पछिल्लो पटक सोल नेसनल मेडिकल सेन्टरमा भर्ना भै उपचार्थ थिए l हेपाटाइटिस रोग बाट ग्रसित बिकको उपचारको लागि आर्थिक अभाब भएको भन्दै कोरियामा रहेका बिभिन्न संघ संस्थाले आर्थिक संकलन अभियान पनि चलाएका थिए l
“निरन्तर को उपचार पश्चात स्वास्थ्यमा केहि सुधार देखिएको भएतापनि अन्तत बाच्न सफल भएनन ” केसीले हेल्लो नेपाल कोरिया डटकमलाई बताइन l उनलाई गएराती अस्पतालले मृत घोषणा गरेको थियो l
हाल उनको श्रीमती पनि कोरिया रहेकोले उनको दाहसंस्कार कोरियामै गर्ने तयारि भैरहेको बताइएको छ l उनको एक छोरा समेत छन् l
घटनावारे सोल स्थित नेपाली दुतावासले पुष्टि गरेको छ l श्रम कन्सुलर डिल्लीराम बास्तोलाले परिवारको इच्छा बमोजिम नै शवलाई कोरियामै दाहसंस्कार गर्ने सम्पूर्ण प्रक्रिया मिलाइएको बताएका छन् l