स्याङ्जा परिवार दक्षिण कोरिया,थेगु शाखाको दोस्रो अधिबेशन डिसेम्बर-१५मा हुने

1453

स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाको दोस्रो अधिबेशन डिसेम्बर १५ , २०१९ मा हुने भएको छ । “स्याङ्जाली एकता उपकारी मन, सद्भाव सँगै बिताऔं परदेशी जीवन” भन्ने मुल नाराका साथ अगाडि बढिरहेको स्याङ्जा परिवार दक्षिण कोरियाको क्षेत्रिय सँस्था थेगु शाखाको तदर्थ समिती गठन भएको करिब दुई बर्ष पूरा भएको छ। दुई बर्षको अवधिमा उल्लेखनीय सामाजिक कार्यहरू गर्न सफल भएको छ। यस क्षेत्रमा रहेका अन्य विभिन्न संघ संस्थाहरुसँग पनि हातेमालो गर्दै एक आपसमा आत्मीय सद्भाव कायम राख्दै स्याङ्जालिहरुलाई एकै सुत्रमा बाध्न निरन्तर लागि परिरहेको छ। स्याङ्जा परिवार दक्षिण कोरिया केन्द्रको मातहतमा रहेर स्याङ्जा परिवार थेगु शाखाले आर्थिक, नैतिक,भौतिक सबै कुराहरूमा आफ्नो बलियो छाप राख्दै र सम्पूर्ण स्याङ्जालीहरु तथा गैर स्याङ्जालीहरुको सुख दु:खमा परिपुरक भएर सामाजिक सँस्थाको रुपमा छुट्टै आफ्नो पहिचान बनाइसकेको छ ।

यिनै हुन् सामाजिक अभियानका दौरानमा प्राप्त भएका उपलब्धिहरु साथै अगाडि बढ्ने निरन्तर कोशिसमा छ। स्याङ्जा परिवार थेगु शाखाका बरिष्ठ सल्लाहकारहरु तथा कार्यकारी समिति र साधारण सदस्यज्युहरुको उपस्थितिमा गत नोभेम्बर 10 तारिख बसेको विशेष बैठकले आगामी डिसेम्बर महिनामा दोस्रो अधिबेशन गर्ने निर्णय गरेको थियो।अधिबेशन थेगु स्थित तारा रेस्टुरेन्टमा डिसेम्बर १५ तारिक आईतवार दिउँसो ठिक-१२ बजे देखि सुरु हुनेछ।संस्थालाई दिगो र दरिलो बनाउन साथै हरेकको सुख दु:खमा सहभागी हुन सम्पूर्ण स्याङ्जालिहरुलाई आव्हान गर्दै संस्थाका अध्यक्ष बिरेन्द्र नौभाग्यले आफ्नो कार्यकालमा गरेको संघर्ष र प्रगति देखेर खुसी हुँदै अब भावी दिनहरुमा पनि यसरी नै निरन्तर अगाडि जानुपर्ने कुरामा जोड दिनुभएको छ। त्यसै गरी सँस्थाका बरिष्ठ सल्लाहकार श्री रमेश रानाले सँस्थालाई मनोरन्जनको स्थल र आर्थिक ब्यय भार हुने ठाउँ मात्रैको हिसाबले नलिन आग्रह गर्दै परदेशी भुमिमा सम्पूर्ण स्याङ्जालीहरु एक जुट भएर अगाडि आउनु पर्ने कुरा औंल्याउनु भएको छ।जसले गर्दा हरेकले एक अर्कामा भएको दु:ख पिडाहरुमा सहयोग गर्दै परदेशको भुमिमा पारिवारिक माहोल तयार गर्न अग्रसर हुने छ । अत: अधिबेशन कार्यक्रमको दिन सम्पूर्ण स्याङ्जालीहरु तथा हाम्रा शुभ चिन्तक गैर स्याङ्जाली बुद्धिजीवी पत्रकार, समाजसेवी महानुभावहरु र यस क्षेत्रका सेल्टर तथा संघ सँस्थाका प्रतिनिधिहरुलाई आफ्नो उपस्थिती जनाएर अधिबेशन भब्य रुपमा सफल पारीदिनुहुनका लागि स्याङ्जा परिवार थेगु शाखा हार्दिक अनुरोध गर्दछ।

प्रतिक्रियाहरू