कोरियाको खुवान्जुमा नेपाल भ्रमण बर्षको प्रचार संपन्न

749

नेपाल सामुदायिक समिति ख्वांजु र समन्वय परिषद (NRNA) छल्लानाम्दो क्षेत्रीय शाखाको संयुक्त आयोजना तथा ख्वांजु प्रहरीको समन्वयमा पर्यटकिय बर्ष 2020 को उपलक्ष्यमा नोभेम्बर 24 तारिक आईतबार प्रचार प्रसार गर्ने र कोरियन नागरिकलाई नेपाल घुम्ने निम्तो दिने कार्यक्रम दक्षिण कोरियाको एतिहासिक शहर खुवान्जुमा संपन्न भएको छ।

नेपालको पर्यटन भ्रमण बर्षको प्रचार गरी कोरियन पर्यटकलाई नेपाल भ्रमणको लागि निमन्त्रणा गरी देसको सामाजिक आर्थिक बिकासमा टेवा पुर्याउने उद्देश्यले शहरका मुदुंसान,सिने,र सोजोंग यक लगायतका मुख्य ठॉउमा जानाकारीमुलक कार्यक्रम संचालन गरिएको नेपाल समुदायिक समिति ग्वाङ्जुका अध्यक्ष अरुण क्षेत्रीले बताउनु भयो।
खुवान्जु वरपर रहनु भएका दाजुभाई दीदीबहिनीको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा नेपाली राजदुताबासबाट नेपालका मुख्य पर्यटकिय स्थानहरुको पहिचान झल्कने पोष्टर,ब्यानर ,टिसर्ट र फोटोहरु प्रदसन गरिएको जानाकारी एनआरएन क्षेत्रिय समन्वय परिषद खुवान्जुका अध्यक्ष सुदिप कार्किले जानाकारी दिनुभयो।

कोरियन नागरिकहरुको कार्यक्रम स्थलमा भिड नै लागेको थियो।नेपालको बारेमा पहिचान झल्काउन सहभागिहरुले नेपाली ढाकाटोपि लगाएका थिए।कार्यक्रम प्रभावकारी बनाउन बिशेष सॉगितिक कार्यक्रम गरिएको कुरा महिला संयोजक सिता लामाले बताउनु भयो।

नेपाल सामुदायिक समितिले यॉहा स्थित प्रवासि नेपाली मजदुर,व्यवसायि,बिद्यार्थि एंव बैबाहिक भिषामा रहेका नेपालीहरुले कम्तिमा ५ जना कोरिएन नागरिकलाई भ्रमण बर्षको जानाकारी सहित निमन्त्रणा गर्न आग्रह गरिएको कोषाध्यक्ष गुरुदत्त पराजुलीले बताउनुभयो।

नेपाल र नेपाली प्रति कोरियनहरुको उच्च सम्मान छ।बिशेष गरी हिमालय र लुम्बिनी कोरियनका लागि बिशेष आकर्षण छन।कोरियाका अईलेका लोकप्रिय राष्ट्रपति मुनजाय ईन आफ्नो तनाव घटाउन नँया उर्जा थप्नको लागि नेपालका हिमालय हेर्न पर्यटकको भेषमा नेपाल गएको समाचार बाहिरिए पछि धेरै नागरिक नेपाल घुम्न उत्सुक भएको कुरा युवा नमस थापाले बताउनु भयो।

प्रतिक्रियाहरू