सेती महाकाली सांगितिक सौगात भाग ३ को आर्थिक हिसाब सार्वजनिक

709

सुदुरपश्चिम समाज दक्षिण कोरियाको सेती महाकाली सांगितिक सौगात भाग ३ को आर्थिक हिसाब किताब गत आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।सुदुर पश्चिम समाजका सचीव ओम साउदले कार्यक्रमको आर्थिक प्रतिबेदन पेश गरेका थिए ।
“दुर्गम क्षेत्रका बाल बालिकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोगार्थ” उद्देश्य अनुरुप नाफा भएको रकम यथाशिघ्र नेपाल पठाइने कार्यक्रम संयोजक शाहीले बताएका छ्न।
उक्त सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष रन्जन कुवँर , MTU का अध्यक्ष उदय राई , सुदूरपश्चिम समाजका पूर्व अध्यक्षहरु जीतेन्द्र महता, धर्मराज जोशी सु प समाजका वरिष्ठ सल्लाहकार प्रोफेसर डा. अग्नि कोइराला लगायतका ब्याक्तीहरुको उपस्थिति रहेको थियो।
कोरियामा कार्यक्रम गर्ने तर आर्थिक पारदर्शिताको मामिलामा निकै ढिला गरेर सार्बजनिक गर्ने यहाँ रहेका संघसस्थाको चलन लाई चिर्दै सुदुर पश्चिम समाजले गतिलो आफ्नो जवाफदेहीता पूरा गरेको आयोजकको दाबी छ । कार्यक्रममा एम टि यू अध्यक्ष राईले सुदूरपश्चिम समाजले नमुना कार्य गरेको भन्दै समाजको प्रशंसा गर्नु भएको थियो । त्यसैगरि कार्यक्रम लाई सफल पार्न आहोरात्र खटेका कार्यक्रम अभियान्ता, दर्शक, विभिन्न संघ सस्थाका प्रतिनिधि , पत्रकार , विद्यार्थी लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण ब्यक्तीलाई समाजका अध्यक्ष लाल साउद पूर्व अध्यक्षहरु जीतेन्द्र महता, धर्मराज जोशी, कमल शाही र वरिष्ठ सल्लाहकार डा. अग्नि कोईरालाले धन्यवाद प्रकट गरेका छ्न।

आर्थिक हिसाब :-
आम्दानी तर्फ – १.आयोजक लगायत सम्पूर्ण मनकारी मनकारीदाताहरुबाट सहयोग – २९३,९३,०००/- वन २. विभिन्न संघसंस्थाबाट सहयोग -२२७५०००/- ३. टिकटको बिक्री – ८२,२५,०००/-

खर्च तर्फ ( रकम वनमा) – १. हल भाडा -३५,००,०००/- २. साउण्ड सिस्टम- २४,००,०००/- ३. कलाकार पारिश्रमिक – ७७,७३,३३७/- ४. कलाकार आतेजाते हवाई भाडा- ४३,७४,०००/- ५. कलाकार होटेल खर्च- ८४०,०००/- ६. एनसिसी दर्ता शुल्क – ३,००,०००/- ७. दर्शक ओसारपसार बस भाडा -६००,०००/- ८.दर्शक ,कलाकार ओसारपसार भ्यान भाडा-५१०,०००/- ९. प्रचारप्रसार सामाग्री छपाई खर्च ( निमन्त्रणा कार्ड, टिकट,ब्यानर ,चिठी पत्र ईत्यादी) – २१,९२,०००/- १०. कलाकार बसाई अवधि घुमाई एवं खाना खर्च – १०,४३,०००/- ११. पेट्रोल एवं ट्याक्सी खर्च -५३४,०००/- १२. स्टेसनरी खर्च – १,१०,६६९/- १३. विविध खर्च- २,९४,५७०/-

जम्मा आम्दानी – ३,९८,९३,०००/- वन जम्मा खर्च – २४,४७,१,८७६/- वन जम्मा समाजको खातामा बचत रकम – १,५४,२१,१२४ वन प्रतिबद्धतामध्ये उठ्न बांकी रकम- २८,९७,५६७ वन

प्रतिक्रियाहरू