नेपाली सम्पर्क समिति बुसान शाखामा अध्यक्ष पदमा पुन: संगीत अधिकारी निर्वाचित

766

दक्षिण कोरियामा पुरानो संस्था नेपाली सम्पर्क समिति (एनसीसी) बुसान शाखामा अध्यक्ष पदमा पुन: संगीत अधिकारी निर्वाचित भएका छन् ।
एनसिसी बुसान शाखाको नवौ अधिवेशनबाट सर्वसम्मत रुपमा पुन: अधिकारी अध्यक्ष पदमा निर्वाबचत भएका हुन । बुसान क्षेत्र लगायत कोरियमा रहेका नेपालीहरुलाई आपत विपत पर्दा संस्थाले सहयोग गर्दै आइरहेको छ ।

संस्थाले नेपाली मौलिक चाडपर्व मनाई बुसान क्षेत्रमा नेपालीहरुलाई एकआपसमा भाइचारा र नेपालीहरु एकजुट बनाउन अध्यक्ष संगित अधिकारीले ठुलो योगदान गरेका छन् । अधिवेशनले उनको यस अघिको कार्यकालको समिक्षा, मुल्याकंन र उनले गरेका काम प्रतिको योगदानलाई कदर गर्दै सर्वसम्मत रुपमा अधिकारीलाई पुन अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेका हुन ।

प्रतिक्रियाहरू