नेपाल ब्याड्मिन्टन संघको दोश्रो अधिवेशन डिसेम्वर २२ मा हुने

934

दक्षिण कोरियामा नेपाल ब्याड्मिन्टन संघको दोश्रो अधिवेशन डिसेम्वर २२ मा हुने भएको छ । सउल, दोगंदेमुन स्थित दर्शन नमस्तेको सभाहलमा अपरान्ह १२ बजे देखि ३ बजे सम्म अधिवेशन हुने संस्थाले जानकारी गराएको छ ।

कोरियामा रहेका ब्याड्मिन्टन खेलप्रमीहरुलाई एउटै संस्थामा आवद्ध गराई ब्याड्मिन्टन खेललाई अघि बढाउने र विभिन्न प्रतियोगिताको आयोजना गरि आपसी भाईचारा र सद्भाव बढाउने उद्देश्यले संस्था गठन भएको हो ।

कोरियामा ब्याड्मिन्टन खेल प्रति रुचि भएका विभिन्न संघ संस्था तथा नेपाली समुदायलाई अधिवेशनमा उपस्थित भई नेपाल ब्याड्मिन्टन संघको दोश्रो अधिवेशन सफल पार्न संस्थाले हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रियाहरू