कोरियामा प्रणय विशेष साहित्य संगीत साँझ — २ हुने

1111

भ्यालेन्टाईन डे अर्थात प्रणय दिवस नजिकिए सँगै उक्त दिवसको अवसर मा प्रणय विशेष साहित्य संगीत साँझ हुँदैछ । आगामी जनवरी १८ तारेखका दिन कोरियाको ह्वासङ्ग को नामयाङ्ग मा उक्त कार्यक्रम हुने भएको छ ।

कला साहित्य र संगीतको प्रवद्र्धनमा जोड दिने उद्देश्य सहित मेरोप्रतिभा अनलाईन मिडिया ग्रुपले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा दीपा मेहावाङ राई को प्रेमिल कविता सुन्न पाईनेछ । त्यसैगरी प्रेमिल गजल र मुक्तक क्रमशः एईडेन छन्त्याल र शुशील अर्याल ले सुनाउनेछन् । त्यसैगरी संगीतमा गायक रमेश कुमार श्रेष्ठ रहेका छन । साथै चर्चित लोक गायिका तथा मोडेल भावना आचार्यको समेत विशेष प्रस्तुति रहनेछ । त्यस लगायत अन्य थुप्रै कलाकारहरुको प्रतिभा पनि हेर्न र सुन्न पाइेनेछन् ।

त्यसको अलवा विविध मनोरञ्जनात्मक गतिविधिहरु हुनेछन् । कार्यक्रमलाई ह्वासङ्ग को नामयाङ्ग सागरी स्थित कान्तिपूर रेष्टुरेन्ट ले प्रायोजन गरेको हो । साथै ब्यानर सौजन्य फोननारा सुवन मोबाईल ले गरेको छ । त्यसैगरी प्रमाण पत्र तथा ब्याचको लागी एच डी मोबाईल दोङ्देमुन वाट सौजन्य भएको छ । मिडिया पार्टनरमा मेरोप्रतिभा डट कम, हेल्लोनेपालकोरिया डट कम, फोनिजकोरिया डट नेट, नयाँदैनिकी डट कम, गोर्खाली अनलाईन रेडियो र ईपिएस छिन्गु डट कम रहेका छन् ।

गत वर्ष पनि प्रणय विशेष गजल मुक्तक साँझ भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो । यसपाली त्यसै कार्यक्रमको निरन्तरता पनि रहेको साथै यसपाली संगीत लाई पनि थपिएको कुरा आयोजकले जानकारी गराएको छ । तसर्थ कोरियाका सम्पूर्ण नेपाली संघ संस्थाका प्रतिनिधिहरु, साहित्यप्रेमी मन तथा सर्जकहरु, पत्रकार, सामाजिक अभियन्ता, संगीतप्रेमी मनहरु एवम् सम्पूर्ण कोरियावासी नेपालीहरुमा उपस्थितीको लागी आयोजकको तर्फवाट हार्दिक आह्वान गरिएको छ । कार्यक्रको बारेमा मिति २०२० – ०१ – १८ शनिबार समय बेलुकी ८ : ३० बजे देखी स्थान : कान्तिपूर रेष्टुरेण्ट ह्वासङ्ग नाम्याङ्ग सागरी नोट :— साथै टाढा वाट आउनेको लागी बस्ने ब्यवस्था पनि मिलाईनेछ ।

प्रतिक्रियाहरू