गएको वर्षझै यो वर्ष पनि नयाँ वर्ष २०२०काे अवसरमा ख्वाङजु कान्छि ग्रुप ले कोरियाको ख्वाङजु सहरमा डान्स पार्टी गर्ने भएको छ ।अंग्रेजी नयाँ वर्षको अवसर पारेर यहि डिसेम्बर २८ तारिख शनिबार साँझ भभ्य डान्स पार्टी गर्ने भएको छ ।उत्त कार्यक्रमको बिसेष आकर्सण टकिला सर्ट रहेको आयोजक टिमका सकु थापा ले जानकारी दिनु भयो ।अझ कुरा थप्दै उहा भन्नु हुन्छ ‘ नयाँ वर्ष २०२० काे शुभकामना अादनप्रदान र निरन्तर कामले गर्दा थाकेका मनहरूलाई थाेरै भए पनि मनाेरन्जमा बदलेर पिर ब्यथा भुल्नकालागि यो कार्यक्रमकाे अायाेजना गरिएको हो।’ डान्स पार्टीमा कोरियाकै ख्याति प्राप्त D J K’non को साथमा स्थानियकलाकारहरू बिक्रम लामा र रूबिन काे बेजाेड र्याप प्रतुति रहने छ ।
ख्वाङजु वरपर लगायत कोरिया मा रहेका नेपाली महानुभाबहरूलाई कार्यक्रममा अाई कार्यक्रमलाइ सफल बनाउन अायाेजकले बिसेष अनुराेध गरेको छ ।
नयाँ वर्ष २०२०काे अवसर ख्वाङजु कान्छि ग्रुप ले डान्स पार्टी गर्दै
प्रतिक्रियाहरू