धनकुटा सांस्कृतिक सौगात भाग १ को आयब्यय सार्वजनिक

1267

गत छुसकको पहिलो दिन साँस्कृतिक कार्यक्रम गरेको धनकुटा सेवा समाजले कार्यक्रमको आयब्यय सार्वजनिक गरेको छ । संस्थाले कार्यक्रमबाट ६ करोड ७६ लाख १२ हजार ३३१ वन आम्दानी गरेको छ भने कार्यक्रममा ४ करोड ९४ लाख ३८ हजार ९०० सय वन खर्च भएको छ । कार्यक्रमबाट संस्थाले जम्मा १ करोड ८१ लाख ७३ हजार ४ सय ३१ वन मुनाफा कमाएको छ । संस्थाले स्पोन्सर बापत १४ लाख ६० हजार वन उठ्न बाँकी र संघसंस्थाबाट टिकट फिर्ता आउन बाँकी रहेको जनाएको छ । उक्त रकम आएपछि संस्थाको आम्दानी थप हुने छ ।

हिजो आसान स्थित हिमालय रेष्टुरेण्टमा भएको संस्थाको भेलामा संस्थाका कोषाध्यक्ष भविन राईले उक्त आयब्यय सार्वजनिक गर्नुभएकोे हो ।

कार्यक्रममा अध्यक्ष परदेश राईले संस्थालाई अझ सुधार गर्दै अगाडी बढ्ने र कार्यक्रमबाट आएको मुनाफाले सेल्टरको ब्यवस्थापन तथा धनकुटा जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरिने जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष राईले सांस्कृतिक कार्यक्रमको बारेमा समिक्षा समेत गर्नुभएको थियो ।

संस्थाले कोरियाको कार्यकाल सकेर नेपाल जान लाग्नुभएका धनकुटा सेवा समाजका उपाध्यक्ष योगेश लिम्बुलाई समाजसेवी गीता राईले सम्मान पत्र तथा दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो । कार्यक्रम संस्थाका बरिष्ठ उपाध्यक्ष कुमार भट्टराईले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रियाहरू