कोरियामा नेपाली,मेनुका मात्तिने,एग्रीका आत्तिने !

5802

कोरियामा नेपालीहरु भेटिए पछि शुरु हुने कुराकानीमा परिचय भैसके पछि एउटा प्रश्न सोधिन्छ।त्यो प्रश्न हो तंपाई खोङ्जाङमा हो कि नोङजाङ्मा हो?दुईजना बिपरित क्षेत्रका परे भने एक्कासी कुराकानीमा ठुलो भंडखालो आईपर्छ।नोङ्जाङवालाको स्वर मलिनो हुदै जान्छ।यसको कारण खोङ्जाङ भनेको उद्योग क्षेत्र अंग्रेजीमा मेनुफेक्चरिङ र छोटकरीमा मेनु भनिन्छ।अर्को नोङ्जाङ भनेको कृषि क्षेत्र हो ।एग्रिकल्चरलाई छोटकरीमा एग्री भनिन्छ। खोङजाङ र नोङजाङको खाडल खासै गहिरो नभएपनि मनोबैज्ञानिक खाडल गहिरो छ।यो नेपालबाटै बिरासतमा ल्याएको हो।नेपालमा कृषि क्षेत्रलाई गरिएको उपेक्षा र किसानलाई हेर्ने दृष्टिकोणसॅग समेत यसको साईनो हुन सक्छ।
बिडम्वना !गॅाउका तिनै किसानका छोरछोरी कोरियामा मेनुमा आएपछि कृषिक्षेत्रका आफ्नै साथिलाई दुखि किसान संझन्छन।उनले ॲाफुको क्याटोगरीनै फरक भएको गफ यॅाहा मात्रै गर्दैनन।नेपालमा समेत गफ चुट्न भ्याई सकेका हुन्छन।कोरियामा भएका साथिलाई त तनाव दिन्छन ।नेपालमा भएका परिवार आफन्तजनमा समेत हिनताबोधले ग्रसित बनाईदिन्छन।जुनसुकै बिषयमा पनि सामाजिक बिभेदको अभ्यासले थला परेको यथार्थले पिल्सिएका हामि उहि चरित्र देखाई हाल्छौ।सवै काम सानो ठुलो हुदैन बराबर हो।मान्छे पनि बराबर हो।मानिसले गर्ने कामका आधारमा समाजले बिभेद गर्ने मुलुक नेपाल हो भन्दा धेरै लाज लाग्छ।कामको प्रकृति अनुसार राज्यले गर्ने सेवा सुविधा फरक हुन सक्छन।प्रतिघन्टा कामको मुल्य एग्री होस या मेनु एउटै हो।ईपिएसको नीतिनियम पनि एउटै हो।तर किन टिमुर्किन्छन दाजुभाईहरु?
परदेसको ठॅाउमा कामकै आधारमा त्यो देसका नीतिनियम र कानुनको परिधिमा रहेर केहि प्रावधान फरक हुनु स्वभाविक हो।यसैलाई आधार मानेर आफ्नै दाजुभाईहरुले हेपेको देख्ता सारै मन दुख्तो रहेछ।मेनुको र एग्रीको धर्ति आकासको फरक त केहि छैन।मेनुका सवै होईन ।उम्लेर पोखिने हालतका केहि उरेन्ठेउलाहरुको सोच दयनिय छ।एग्रीका दुखि उखु किसान र मेनुका उद्योगपति हुनकि झै गर्छन।दुवै एउटै प्रक्रियाबाट अर्काको देसमा आएका मजदुर हौ भन्ने हेक्का नै राख्तैनन।आक्रोसित हुॅदै नाम नबताउने शर्तमा एक गाई फर्ममा काम गर्ने दाङका भाईले बताए।
२जना काम गर्नि भए पनि तॅ भन्दा म हाकिम हुॅ भन्ने पाराले सुख होला?खरानीका लागि जोगि लडे झै नेपाली यो अवस्थामा गुज्रिरहेका छन।कुरै गर्नि हो भने मेनु कृषि झै फलदायि छैन।दिर्घकालिन सोच्ने हो भने कोरियन एग्रीकल्चर नेपालमा धेरै लागु गर्न सकिन्छ।केहि %मात्रै व्यवहारमा उतारे मात्रै जीवनस्तरमा आमुल परिबर्तन मात्रै होईन कुल ग्राहस्थ उत्पादनमा प्रभाव पार्ने हैसियत राख्छ। कोहि अर्को पिबिटी सिबिटीको तयारी गरिरहेको अवस्थामा गाॅउमा एग्रिबाट फर्किएकोले फार्म खोलेर साजाङनिम भैसकेको हुन्छ।
जति मच्चिए पनि मेनु र एग्रीको फरक भनेको ५बर्षमा तेहि १०/१५लाख नेपाली रुपैयॅा हो।के तेतिले मेनु भन्दा एग्रि कम हो?कदापि होईन।पैसामा तुलना नगर्नि हो भने कृषि क्षेत्र नेपालको लागि बरदान हो।फर्किएका नेपालीको जीवन स्तर तुलना गरौ ।यहॅि आत्महत्या वा अबैधानिक हुने अनुपात बिश्लेषण गरौ ।औद्यौगिक दुर्घटनामा पर्नेमा कृषि कामदार कम छन।आत्मनिर्भर्ताको सुचाङ्कलाई हेर्ने हो भने कृषि अव्वल छ।
सन् २०११मा ८४%भन्दा कम नंवर ल्याउनेलाई कृषि क्षेत्रमा ल्याएपछि बिभेद बढेको हो।अईले भने एग्रीको लागि छुट्टै कोटा रहेको छ।खासमा मेनुमा ओभरटाईम काम गर्न पाईन्छ।सेवा सुबिधा नियम अनुसार पाईन्छ।छुट्टी महिनाको ४दिन पाईन्छ।सार्वजनिक बिदामा काम गरेमा पैसा पाईन्छ।
कृषिमा श्रम मन्त्रालयले तोकेको फिक्स तलव हुन्छ।छुट्टी प्राय २दिन हुन्छ।नहुन पनि सक्छ।मेनुतिरका सेवा सुबिधा प्राय हुदैनन।धेरै कम कामदार हुने फर्ममा साहु साहुनिको निर्भर हुन्छ।उनिहरु दयालु परेमा कोरियाको जीवनयापन स्वर्ग पनि हुन्छ।नत्र कृषिको काम रमाईलो नभए बडा गारो पनि छ।बानि परेपछि भने सॅधै एउटैकाम गर्नु पर्ने भएकोले सजिलो महसुस हुन्छ।हिउॅपर्ने मौसममा साहुले कामबाट निकालीदिने समस्या बढदो छ।
बिषयगत भिन्नतालाई स्विकार गरौ।उद्योगतिरका दाजुभाईले सकभर नेपालमा गएर केहि गरौ ।हजुरहरुसॅग बिदाको समय हुन्छ।त्यो अवधिमा पैदल घुमफिर गरेमा व्यवसायिक कृषिका धेरै कुरा जानिन्छ।कृषिमा भएकाले नेपालमा गएपछि यो गर्छु भन्ने प्राय निश्चित नै हुन्छ।मेनुमा भएका साथ सहयोगले एग्रीले गाॅउमा फर्म खोलेर स्वरोजगारको अवसरको साथै साजाङनिम हुने सपना देखौ।मेनुमा भएकोहरु संसारै जिते झै मात्तिने र कृषिमा हुनेहरु सर्बस्व हारे झै आत्तिने गर्नु भएन।अन्तिममा हिरोले जिते झै कृषिनै सवै व्यवसायमा उत्तम हो।कृषि मुलश्च्य जीवनम हाम्रो आदर्श हो।भविष्य हाम्रो हातमा छ।

प्रतिक्रियाहरू