छल्लानाम्दो ख्वाङ्जुमा इपिएस सम्वन्धी बृहत अन्तर्कृया कायक्रम हुने

1288

यहि जनवरी १९ तारिक आईतबारका दिन दक्षिण कोरियाको छल्लानाम्दो ख्वांजुमा नेपाल समुदायिक समिति ख्वाङ्जु र कोरिया स्थित नेपाली राजदुतावासको सम्युक्त पहलमा श्रमिक स्वास्थ सुरक्षा, स्वेच्छिक घरफिर्ती तथा समसामयिक बिषयमा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने भएको छ ।

ख्वाङ्जुमा रहेका नेपालीहरुको अनुरोधमा प्रत्येक बर्ष नेपाली राजदुताबास कोरिया ले मजदुरहरुका समस्याहरु माथी सुनुवाइ राख्ने कार्यक्रम गर्दै आइरहेको छ ।उक्त कार्यक्रम बाट आफुहरुले धेरै लाभ प्राप्त गर्न सकेको ख्वाङ्जुमा रहेका नेपाली हरुले जनाएका छन ।

बिशेष गरि मजदुर र कम्पनी बिच हुने मनमुटाव र त्यसबाट उत्पन्न हुने समस्या का कारण निम्तिने कानुनी उल्झन हरुलाइ समाधान गर्न र सकेसम्म त्यस्ता समस्या हरु उत्पन्न हुन नदिने बिषय हरुमा आफुहरुले परामर्श दिने दुताबासका एक प्रतिनिधिले बताए ।साथै पर्यटन बर्ष २०२० लाई सफल पार्न हरेक नेपाली हरु को उत्तिकै योगदान रहने भएकोले यो बिषयमा पनि व्यापक प्रचार गरिने दुताबसको भनाइ रहेको छ ।

त्यसैले छल्लानाम्दो ख्वांजु आसपासमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूलाई आफ्ना केहि समस्या भए आधिकारिक व्यक्तित्व संग अन्तरक्रिया गर्न पाउने यो अवसरवाई नगुमाउन हार्दिक अनुरोध छ ।

१. मानसिक रोग विशेषज्ञ बाट स्वास्थ परामर्श
२. EPS सम्बन्धि पछिल्ला नीतिनियम
३. EPS कामदारले आफ्ना परिवारलाई बोलाउन पाउने पछिल्लो चर्चा
४. भिषा हुदै अवैधानिक हुनेहरूले वैधानिक हुने प्रक्रिया बारे पछिल्लो चर्चा
५. E-7-4 भिषा सम्बन्धि जानकारी
६. श्रमिक सम्बन्धि गुनासो तथा छलफल
७. कोरियामा कार्यअवधि सकेर नेपाल जानु अगाडि गर्नु पर्ने सम्पूर्ण जानकारी
८. नेपाल फिर्तीपछि नेपाल सरकारले उपलब्ध गराउने ऋण, सेवा तथा सुविधाहरू

# कार्यक्रममा आउनुहुने महानुभावहरू
१. कार्यबाहक राजदुत – रामसिंह थापा
२. श्रम काउन्सिलर – डिल्लीराम बास्तोला
३. ख्वांजु मानार्थ वाणिज्य दुत – डा. छन्
४. HRD कोरियाका प्रतिनिधी
५. रेक्जिवन सेन्टरका प्रमुख

कार्यक्रमको नाम:-श्रमिक स्वास्थ्य सुरक्षा,स्वेच्छिक घरफिर्ती र समसामयीक अन्तरक्रिया
मिती:- 2020-01-19(आइतबार)
समय:-दिउसो 12:30 बजे
स्थान :- हानाम १ नम्बर रेक्जिवन सेन्टरको हल (광주광역시 광산구 풍영로145번길 82, ) ५층

सम्पर्क : अरुण क्षेत्री ,राजु श्री,यजिन तामाङ,गुरुदत्त पराजुली,रामचन्द्र बराल,देबिराम गिरि,बिएमके बिबस ।

प्रतिक्रियाहरू