कोरिया छाड्ने अबैधानिक कामदारको संख्या अत्यधिक रुपले बढेको छ lगत डिसेम्बरमा कोरियाको न्याय मन्त्रालयले सन् २०२० को जुन सम्म स्वेच्छाले देश छाडे पुनः कोरिया प्रवेशको लागि ढोका खुल्ला रहने सुबिधा दिए संगै सो संख्या बढेको हो l
न्याय मन्त्रालयका अनुसार गत डिसेम्बर मा अबैधानिक कामदाको लागि नया नियम लागु भएयताको एक महिनामा स्वेच्छाले कोरिया छाड्नेको संख्या ८ हजार ९३ पुगेको छ l औसदमा कोरिया छाड्ने अबैधानिक कामदारको संख्या दैनिक रुपमा दुइगुणाले बढेको बताएको छ l
कोरियाले तोकिएको अबधि भित्रै स्व- इच्छाले देश छाड्नेहरुको लागि स्वदेश फिर्ती शुल्क समेत छुट दिने सुबिधा दिएको छ l उक्त सुबिधाको लागि हाइ कोरिया मार्फत अध्यागमन विभागलाई जानकारी गराउनु पर्ने छ l यसरि स्वेच्छाले फर्केका कामदारले चाहेको खण्डमा ९० दिनको पुनःप्रवेश भिषा समेत प्राप्त गर्न सक्नेछन l
त्यस्तै मन्त्रालयले अबैधानिक कामदार राख्ने कम्पनीहरुलाई समेत नियम कडा परेको छ l आगामी मार्च ३१ तारिख देखि लागु हुने नियमानुसार अबैधानिक बिदेशी कामदार राख्ने कम्पनिहरुले मोटो रकम जरिवाना तिर्नु पर्ने छ l र साथै ३ बर्षको लागी कुनै बनि बिदेशी कामदार राख्न पाउने छैनन् l
त्यसैगरी मन्त्रालयले कोरियामा अबैधानिक कामदार रोक्ने सम्बन्धमा थाइल्याण्डको श्रम मन्त्रालय संग सम्झौता समेत गरेको छ l