केहि साता देखि चिनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस कोरियामा पनि देखा परेको छ l
कोरिया रोग नियन्त्रण विभाग (KCDC)का अनुसार गत जनवरी २० मा चीनको वूहान बाट फर्किएका ५५ बर्षीय कोरियन नागरिकमा कोरोना भाइरस भएको पुष्टि भएको छ l स्थानीय अस्पतालमा पटक पटक जांच गराउदा समेत ठिक नभएपछी उनलाई कोरोना भाइरस परिक्षण गरिएको थियो l हाल उनलाई बिसेष निगरानीमा राखिएको छ l
हाल उनि संगै ४ जनामा उक्त भाइरस देखा परेको कोरिया रोग नियन्त्रण शाखाले जनाएको छ l कोरियामा हाल सम्म ५७ जनाले उक्त भाइरस परिक्षण गराइसकेका छन l गत आइताबार मात्र ४७ जनाले उक्त भाइरस परिक्षण गराएका थिए l हाल सम्म ४ जना बाहेक अन्यमा भने कोरोना नेगेटिभ देखिएको छ l
दक्षिण कोरियाले उक्त भाइरस नियन्त्रण गर्न विमानस्थल बाट भित्रिने यात्रुलाई बिसेष निगरानीमा राख्ने भएको छ l चिन लगाएत अन्य संक्रमण देखिएका देश बाट फर्किने यात्रुको स्वास्थ परिक्षण गर्ने तयारि समेत गरेको छ l
कोरिया भित्र उक्त भाइरसको शंका लागेमा आपतकालीन कल सेन्टर १३३९मा फोन गरि सहयोग लिन सकिने रोग नियन्त्रण विभागले जनाएको छ l
त्यस्तै स्वास्थ्य तथा कल्याण मन्त्रालयले आपतकालीन बैठकमा उक्त भाइरसको जोखिम र नियन्त्रण वारेमा बिसेष छलफल गरेको छ l
राष्ट्रपति मुन जे इनले आइतवार एउटा बिसेष बक्तब्य मार्फत सबैलाई सजग रहन तथा रोग फैलिन नदीन राष्ट्रिय स्तर बाट कुनै पनि कमि आउन नदिन अनुरोध गरेका छन l
रुखोकी ,उच्च ज्वोरो तथा निमोनिया जस्तो लक्षण देखिने उक्त रोगका कारण चीनको वुहान शहरमा हाल सम्म ८० जनाको ज्यान गैसकेको छ भने २८ सय भन्दा धेरैमा सो भाइरस देखा परेको छ l