धादिङ समाज कोरियाको सातौं अधिबेशन सम्पन्न, अध्यक्षमा मनोज थापा चयन

757

प्रबासी धादिंगेलीहरुको कोरियाली मित्र संजाल तथा सुख दु:खको चौतीरी धादिङ समाज कोरियाको सातौँ अधिबेशन सन्पन्न भएको छ ।

कोरियाको राजधानी सियोल स्थित आगमन रेस्टुरेन्टको सभा हलमा सम्पन्न उक्त अधिबेशनको सभापतित्व धादिंग समाज कोरियाका अध्यक्ष सन्तोष अधिकारी र कार्यक्रम संचालन महासचिव प्रेम गुरुंगले गर्नुभएको थियो । प्रमुख अतिथीको रुपमा संस्थाको संरक्षक तथा नि:बर्तमान् NRNA Korea का ICC प्रतिनिधी प्रकाश धमला रहनुभएको थियो । त्यसै गरि बिशेस अतिथी तथा अतिथीहरुमा NRNA, NCC, पत्रकार महासंघ, प्रदेश तीन एकता समाज लगायत बिभिन्न जिल्लाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

संरक्षक प्रकाश धमलाको संयोजकत्वमा सल्लाहकारहरु रामहरी दाहाल र राजेद्र थपलियाको निर्बाचन मण्डलले अध्यक्ष मनोज थापा सहित वरिष्ठ उपाध्यक्ष अजित बहादुर घले, उपाध्यक्ष राजेन्द्र गौतम, दिनेश रिजाल र धुर्ब थापा त्यसै गरी महासचिवमा सुबास सिम्खडा, सचिव शम्भु अधिकारी र हरी बिडारी, कोषाध्यक्ष आशा ब. गुरुङ, सह- कोषाध्यक्ष राम प्र. प्याकुरेल तथा सदस्यहरुमा अमर ब. घले, सुरेन्द्र इटनीलाई छनौट गरेको छ । उक्त भेलामा नव निर्बाचित कार्यसमितिले तीन सदस्य मनोनित गर्ने गरी १५ सदस्यिय कार्यसमिति बनाउने निर्णय पनि गरिएको छ ।

संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष सन्तोष अधिकारीले आफ्नो टिमले यो कार्यकालमा सँधै सबैले गर्ने भन्दा अलि फरक किसिमको कार्यक्रमहरु संचालन गरी संस्थालाई चिनाउने काम गरेको भन्दै आगामी टिमलाई अझै फरक किसिमका उल्लेखनिय कार्य सम्पादन गर्दै संस्थाको उचाई र प्रसंशा बढाउन अनुरोध पनि गर्नुभएका छन् । अधिबेशनको बन्द सत्रमा कोषाध्यक्ष सुबास सिम्खडाले दुई करोड वन भन्दा माथिको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

यसै कार्यक्रमको बिचमा कोरियामा आफ्नो बैधानिक कार्य समय अन्त्य गर्दै मातृभूमि जाँदै गर्नुभएका नि: बर्तमान महासचिव प्रेम गुरंग र सचिव राम आचार्यलाई सम्मान तथा बिदाई पनि गरिएको थियो ।

यस संस्था जिल्लागत र समग्र नेपाल तथा कोरियामा बिभिन्न किसिमका सामाजिक कृयाकलाममा संलग्न तथा कृयाशिल रहँदै आईरेहेको छ भने यसले जिल्लाको सदरमुकावमा सुबिधा सम्पन्न अपांग मैत्रि सार्बजानिक सौचालय निर्माण गर्नुको साथै ग्रामिण क्षेत्रलाई मन्ध्यनजर गर्दै एम्बुलेन्स संचालनमा पनि ल्याएको छ ।

प्रतिक्रियाहरू