कोरियाली अध्यागमन प्रक्रिया सम्बन्धी नेपाली राजदुतावास कोरियाले अन्तरक्रिया कार्यक्रम गर्दै

2149

कोरिया स्थित नेपाली राजदूतावासले यहि आउँदो फेब्रुवरी २ तारिखका दिन कोरियाली अध्यागमन (Immigration) प्रक्रिया सम्बन्धी बिशेष अन्तरक्रिया कार्यक्रम गर्दैछ।

कोरियामा लगभग ४५ हजारको हाराहारीमा  विभिन्न भिषामा नेपालीहरु रहेका छन्। कोरियामा नेपालीहरु visit visa देखि Student Visa , Business Visa, Marriage visa तथा Working visa मा आउने गरेका छन्। त्यस्तै, कोरिया स्थित नेपाली राजदुतावासमा आउने उल्लेखनीय समस्यामध्ये परिवार तथा आफन्त कोरियाले लिएर आउने सम्बन्धमा, इपिएस कामदारको लागि तीन वर्षपछि कम्पनीले लगाउने बोनस भिषाको बारे , कुनै कारणवश भिसा अवधि सकिएर अवैधानिक बसेका नेपालीहरुको पुनः कोरिया आउने प्रावधान र स्वदेश फर्कदा अवलम्बन गर्नुपर्ने प्रक्रिया लगायत विषयमा कोरियाली अध्यागमनसँग एन.आर.एन.ए कोरयाको हल जोंगाकमा हुन गईरहेको हुँदा कोरियामा रहनुभएका सम्पूर्ण कोरियावासी नेपालीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई आफ्नो समस्या लगायत immigration नियम सम्बन्धी विषयमा कुरा राख्न दूतावासले आह्वान गरेको छ।

बिस्तृत जानकारीको लागि दुतावासको website https://kr.nepalembassy.gov.np/ मा हेर्न सक्नुहुनेछ। साथै, प्रकाशित सुचना पनि यँहा राखिएको छ।

 

प्रतिक्रियाहरू