कोरोना भाइरस प्रकोपको कारण दुतावासले गर्न लागेको अध्यागमन सम्वन्धी अन्तरक्रिया कार्यक्रम स्थगित

1069

कोरिया स्थित नेपाली राजदूतावासले यहि आउँदो फेब्रुवरी २ तारिखका दिन गर्ने भनिएको कोरियाली अध्यागमन प्रक्रिया सम्बन्धी बिशेष अन्तरक्रिया कार्यक्रम हाललाई स्थगित गरिएको छ। विश्वमा महामारीको रुपमा फैलिएको corona virus का कारण हाललाई केही समयको लागि यो कार्यक्रम स्थगित गर्न अध्यागमन विभागले कोरिया स्थित नेपाली दूतावासलाई अनुरोध गरेको दूतावासका अधिकारीले बताएका छन्।

साथै कोरोना भाइरसको शंका लागेको खण्डमा अवैधानिक रुपमा कोरिया बसेका विदेशीले सार्वजनिक स्वास्थ्य संस्थामा चेकजाच तथा उपचार गर्दा सो समयमा पक्राउ नगर्ने, स्वदेश नफर्कने र बिरामीलाई कानूनी हैसियत बारे नसोध्न सम्बन्धित अस्पताललाई अध्यागमन विभागले निर्देशन दिएको अध्यागमन विभागले राजदूतावासलाई पठाएको लिखित पत्राचार उल्लेख छ।

 

प्रतिक्रियाहरू