दक्षिण कोरियामा पनि कोरोना भाइरसले महामारीको रुप लिदै , संक्रमितको संख्या ११ पुग्यो

7992

केहि साता देखि चीनको वुहान सहर देखि फैलिएको  कोरोना भाइरसले दक्षिण कोरियामा पनि महामारीको रुप लिनसक्ने संकेत देखिएको छ l शुक्रवार थप ४ जनामा  प्रमाणित भएसंगै कोरियामा संक्रमितको संख्या ११ पुगेको कोरिया रोग नियन्त्रण बिभाग  (KCDC)ले  जनाएको छ l

संक्रमित देखिएका धेरैजसो पछिल्लो समय चीनको वुहान शहर देखि फर्किएका कोरियाली नागरिक छन् l जनवरी २३ मा चीन देखि फर्किएका २८ बर्षिय कोरियनमा समेत कोरोना भाइरस देखा परेको छ l उनको  इन्छन बिमानस्थलमा स्वास्थ्य परिक्षण गर्दा कुनै लक्षण नदेखिएको बताइएको छ l

त्यस्तै शुक्रबार चीनको  वुहान शहर बाट फिर्ता ल्याइएका  ३६८  जना आफ्ना  नागरिकलाइ बिसेष निगरानीमा राखिएको बताइएको छ l  उनीहरुलाई चार्टर बिमान मार्फत किम्पो विमानस्थल ल्याइएको छ l

रुखोकी ,उच्च ज्वोरो  तथा  निमोनिया जस्तो लक्षण  देखिने उक्त रोगका कारण चीनको वुहान शहरमा हाल सम्म २२३ जनाको ज्यान गैसकेको छ भने १० हजार भन्दा धेरैमा सो भाइरसको संक्रमण देखा परेको छ l

कोरिया भित्र उक्त भाइरस संक्रमणको  शंका लागेमा आपतकालीन कल सेन्टर १३३९मा फोन गरि सहयोग लिन सकिने रोग नियन्त्रण विभागले जनाएको छ l

प्रतिक्रियाहरू