“नेपालीका लागी नेपाली” संस्थाले गर्यो कोरियामा बिरामी परेका दुइजनालाई आर्थिक सहयोग

1693

कोरियामा आपातकालीन राहतकोष स्थापनार्थ नेपालीका लागी दक्षिण कोरिया द्वारा  गत छुसकमा आयोजना गरिएको “सांगीतिक महाधमाका -२०१९  ” बाट संकलित रकम बाट कोरियामा लामो समय देखि बिरामी परि अस्पतालमा उपचार्थ रहेका  दुइ जनालाई सहयोग रकम हस्तान्तरण गरेको छ l

कोषमा संकलित रकम बाट ब्रेन ट्युमरको पटक पटक  अप्रेसन गर्दा  आर्थिक अभाबमा परेका काभ्रेका संजय खत्री तथा कोरिया प्रवेश गरेको २ महिनामै दुर्घटनामा परि लामो समय सम्म अस्पतालमा उपचार गराउदा आर्थिक संकटमा परेका प्युठानका सुजल जिसीलाइ प्रति ब्याक्ति १० लाख कोरियन वन सहयोग गरिएको संस्थाले जनाएको छ l

कोरियामा राहतकोष संकलन अभियानका अभियन्ता तथा एनआरएन कोरियाका उपाध्य्क्ष यदु लामीछाने , अभियन्ता द्वय लक्ष्मी नारायण बस्नेत , भजेन्द्र क्षेत्रि ,दोलखाली समाजका अध्यक्ष सरोज केसी  लगाएतको टोली आइतबार  अस्पतालमै पुगी  बिरामीको पछिल्लो अबस्था बुझ्दै  उक्त रकम हस्तान्तरण गरिएको छ  l

कोरियामा नेपालीलाई आपत बिपत पर्दा सहयोग गर्नको निमित्त रहताकोष स्थापना गर्ने उदेश्यले बिसेष अभियन्ताहरुको पहलमा उक्त संस्थाले गत छुसकमा  साँस्कृतिक कार्यक्रमको आयोजना  गरेको थियो l कार्यक्रम बाट बचेको मुनाफा बाट जे जति हुन्छ आगामी दीनमा पनि  अफ्थ्येरो परेका नेपालीलाई सहयोग गर्दै जाने संस्थाका संयोजक गुरुदत्त नौपानेले बताए l

प्रतिक्रियाहरू